बढैयातालले जुम्ल्यहा शिशुको संरक्षणको लागि ग¥र्यो सहयोग
बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

दलबहादुर सुनार 

बर्दिया,पुस ६/बढैयाताल गाउँपालिकाले जोखिममा रहेका जुम्ल्यहा शिशु र आमाको संंरक्षणका लागि सामाग्री प्रदान गरेको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीसहितको टोली जुम्ल्यहा शिशुको घरमा पुगी स्थानियको उपस्थितीमा राहत सामाग्री प्रदान गरेको हो ।

बढैयाताल गाउँपालिका–२ स्थित सितापुर बस्ने भगवती रावतले गत साउन १४ गतेका दिन तिम्ल्यहा शिशुको जन्म दिएकी थिइन् । तिम्ल्यहा शिशुको जन्म भएको तिन दिन भित्र बढैयाताल गाउँपालिकाले सुत्केरी आमा र शिशुको लागि पहिलो पटक आवश्यक सामाग्रीसहित घरमा पुगेर प्रदान गरेको उपाध्यक्ष लक्ष्मि अधिकारीले बताईन् ।

पालिकाको आमा बचाउँ छोरी हुर्काउ भन्ने कार्यक्रम अन्तरगतको बहु क्षेत्रिय पोषण कार्यक्रमबाट आमा र शिशुलाई जाडोबाट जोगाउन न्यानो कपडा, ल्याक्टोजिन, दाल र चामल उपलब्ध गराईएको जनाएको छ । तिम्ल्यहा शिशु मध्येकी बिचको एक शिशुको पुस १ गते उपचारको अभाबमा मृत्यु भएको र बाँकी २ शिशुको पनि स्वास्थ्य अवस्था कम्जोर भएको जानकारी पाउनसाथ पालिकाका अध्यक्ष त्रिपाठीको नेतृत्वमा उपाध्यक्ष, स्वास्थ्यकर्मीसहित भगवतीको घरमा पुगेर दोश्रो पटक तिम्ल्यहा बच्चाकी आमा भगबतीलाई राहत सामाग्री पालिकाले उपलब्ध गराएको छ ।

रोजगारको लागि भगवतीको श्रीमान भिम बहादुर बिसी भारतमा रहेका छन् । घरमा पहिला तिन छोरी र पछि तिम्ल्यहा छोरी गरि ६ वटा छोरी भएको हुँदा शिशुको स्यहार सुसारमा ध्यान पुर्याउन नसक्दा एक शिशुको उपचारको क्रममा मृत्यु भएको हुन सक्ने छिमेकी बताउछन् ।

सामान्य आर्थिक अवस्था भएका ति शिशु र आमाको स्वास्थ्य उपचारमा ध्यान दिएको भन्दै जमुनि स्वास्थ्य चौकीका प्रमुख चेतनारायण काफ्ले प्रत्यक्ष निगरानीमा राखेर निःशुल्क रुपमा उपचार गरिरहेको जानकारी दिए । त्यस्तै स्थानिय हरि प्रसाद उपाध्यायले शिशुलाई दुधको लागि एउटा गाई दिएका छन् ।

पालिकाका अध्यक्ष त्रिपाठीले सहयोग सामाग्री हस्तान्तरण गर्दै शिशुको संरक्षणको लागि पालिका गम्भिर भएको भन्दै शिशुको स्वास्थ्यको लागि निःशुल्क सेवा प्रदान गर्नु हुने स्वास्थ्यकर्मी चेतनारायण काफ्ले र दुधको लागि गाई दान गर्ने हरि प्रसाद उपाध्यायलाई धन्यबादसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय