संसदमा नयाँ अनुहार
बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

काठमाडौं, पुष ७ / नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संसदमा कतिपय अनुभवी रहे पनि नयाँ अनुहारको उल्लेख्य सहभागिता छ ।

पहिलो पटककै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद बनेका छन् । सो पार्टीका सभापति रवि लामिछाने आफैं सांसद बनेका छन् । यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि संसदमा नयाँ अनुहार हुन् । स्वतन्त्र मधेश गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनी २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गर्दै राजनीतिको मूलधारमा आएका थिए ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि पहिलोपटक प्रत्यक्ष तीन सिट जितेर संसदमा पुगेको छ । सो पार्टीका सांसद गंगाराम थारु खराउ लगाएर शपथ ग्रहण समारोहमा सहभागी भए ।

सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्रिय पोशाक र आ–आफ्नो जातीय पहिरनमा सजिएका थिए । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय