विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण
आइतबार, पुष १०, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, पुस १०/बढैयातालका अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । जनजागरण महिला संघ बर्दियाले टेवा काठमाण्डौको सहयोगमा बढैयाताल गाउँपालिका–१,२,३,८ र ९ का बाढी प्रभाबित बिपन्न, अशक्त अपांगता भएकाहरुको लागि खाद्यान्न सामाग्री बितरण गरेको हो ।

वडाहरुमा बितरण गरेको खाद्यान्न राहत सामाग्रीबाट बढैयातालका बाढी प्रभाबित अशक्त अपांगता भएका र अतिबिपिन्न परिवारका ७२ जना लाभान्वित भएका संघले जनाएको छ ।

बढैयाताल गाउँपालिका–३स्थित सिमरामामा शुक्रबार बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मि अधिकारी, वडा नंम्बर ३ की कार्यबाहक अध्यक्ष चन्द्रा बिक वडा नंम्बर १ का अध्यक्ष प्रेम बहादुर थापाको रोहबरमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

संस्थाकी अध्यक्ष गोमा पौडेलको अनुसार वडा नंम्बर १,२,३, र ८ का बाढी प्रभावित अपांगता भएका तथा अतिबिपन्न परिवारका २९ जनालाई प्रति ब्यक्ति २५ किलो चामल, २ किलो दाल २ पोका नुन, २ लिटर तेल र २ वटा साबुन प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय