लुकाई छिपाई राखेको सालको काठ बरामद
आइतबार, पुष १०, २०७९ मा प्रकाशित

बर्दिया,पुस १० (फरकसमाचार) /लुकाई छिपाई राखेको सालको काठ प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–७ साईबाबा टोल स्थितबाट प्रहरीले शनिबार अबैध सालको काठ बरामद गरेको हो ।

खाली जमिनमा परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा सालको ९ वटा गोलिया बरामद भएको छ । प्रहरीका अनुसार बरामद सालको काठ ८०.७२ क्युफिट रहेको छ ।

प्रहरीले काठ बरामद गरि कारवाहीको लागि सब डिभिजन वन कार्यालय सानोश्रीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय