पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग
बुधबार, पुष १३, २०७९ मा प्रकाशित

बर्दिया, पुुस १३(फरकसमाचार) / पृथ्वी जयन्तीको दिन अधिराज्य भरि सार्वजनिक बिदाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाईएको छ । ३०१औं पृथ्वी जयन्तीको दिन अधिराज्य भरि सार्वजनिक बिदा घोषणाको माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाईएको हो ।

आउँदै गरेको पुस २७ गते नेपाल एकीकरणका महानायक राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्म जयन्ती गौरवमय इतिहासको दिनलाई हर्षोल्लासका साथ मनाउनको लागि अधिराज्य भरि सार्वजनिक बिदाको घोषणा गरियोस् ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

अधिराज्य भरि सार्वजनिक बिदाको माग गर्दै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत नेपाल सरकार तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समिति बर्दियाका अध्यक्ष कमलराज पौडेलले बताए । त्यसैगरी स्थानीय सार्वजनिक बिदाको घोषणा गर्न माग गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय