१८औं साधारण सभामा उत्कृष्ट किसान पुरस्कृत
बुधबार, पुष १३, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,पुस १३ /साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकाको १८औं साधारण सभामा उत्कृष्ट किसान पुरस्कृत भएका छन् । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आथित्यमा भएको १८औं साधारण सभामा बिभिन्न बिधामा उत्कृष्ट ६ किसानसहित ९ जना शेयर सदस्य पुरस्कृत भएका हुन् ।

संस्थाका अध्यक्ष हरि बहादुर अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ । कृषिमा उत्कृष्ट किसान तर्फ गाई/भैसी पालनमा तिर्थ प्रसाद अधिकारी, बाख्रा पालनमा पार्वती चौधरी, कुखुरा पालनमा पार्वती नेपाली, बंगुर पालनमा राधेश्याम थारु, तरकारी खेतीमा मन बहादुर चौधरी पुरस्कृत भएका छन् । त्यसैगरी व्यक्तिगत बचत तर्फ मंगल थारु, कारोवारमा विश्नाथ गैरे, बिउँ उत्पादनमा कालिका गोर्वधन कृष्क समुह र संस्थागत बचतमा बिद्या ज्योती माबी कण्ठपुर पुरस्कृत भएको छ । तरकारी खेतीमा उत्कृष्ठ हुने किसानलाई हजारी, पशु पालनमा उत्कृष्ट किसानलाई बुट र अन्य क्षेत्रमा उत्कृष्ट हुनेलाई एक हजार नगद प्रदान गरिएको संस्थाले जनाएको छ ।

एक हजार ८१ जना शेयर सदस्य रहेको सस्थाले आ.ब. ०७८/०७९ मा १५ करोड ५० लाख १३ हजार ५ सय २९ रुपैयाको कारोबारबाट २५ लाख २६ हजार ८ सय २९ रुपैया ३३ पैसा नाफा गरेको छ । संस्थाको शेयर पुंजी १ करोड ९० लाख ७१ हजार ५ सय रहेको र निक्षेपमा ५ करोड ३५ लाख ४० हजार ७ सय ४२ रुपैया ३४ पैसा रहेको संस्थाका ब्यवस्थापक जयराम चौधरीले जनाए ।

संस्थाको १८औं साधारण सभाले मुक्त कमैया वस्तीमा ३० वटा समुह निमार्ण गर्ने, सहकारी शिक्षा तालिम तथा बित्तिय साक्षरता तालिम संचनलन गर्ने, मसुरो तथा धान गँहु विउ उत्पादन, ग्रेडिङ्ग, प्रशोधन र बजारीकरण, पशु संरक्षण समितिलाई सक्रिय बनाई कृषि ब्यवसाय जोखिमलाई न्यूनिकरण गर्ने, उन्नत गाई भैसी पालन कार्यक्रम संचालन गर्ने, प्रति सदस्य रु ५ सय अनिबार्य गर्ने, जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने, रिमिट्यान्स कारोबार संचालन गर्ने, स्वास्थ्य शिबिर गर्ने, ब्यापारीहरुको समुह गठन गरि लगानीमा बृद्धि गर्ने, ब्यबसायक तथा उद्यम बिकास तालिम संचालन गर्ने, रासायनिक मल बिउ बिजन खरिद बिक्री, ग्रामीण उद्यम कर्जा कार्यक्रम, दुध डेरी संचालन लगायत ३३ वटा प्रस्ताबित कार्यक्रम पास गरेको संस्थाले जानकारी दिएको छ ।

१८ औं साधारण सभामा साना किसान बिकास लघु बित्तिय संस्थाका बरिष्ठ अधिकृत रामजनक चौधरी, बढैयाताल वडा नम्बर ७ का अध्यक्ष राधेश्याम थारु, ८ का अध्यक्ष तेजनाथ पौडेल, ९ का अध्यक्ष बिर बहादुर थारु, जिल्ला जेष्ठ नागरिक संघ बर्दियाका अध्यक्ष टुकराज घिमिरे र समाजसेबी दिल्ली प्रसाद गौतमलगायत शेयर सदस्यहरुको उपस्थिती रहेको सस्थाका कर्मचारी सुरज नेपालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय