वडाको आर्थिक सहयोगमा इप्रकामा ग्यारेज र खानेपानी धारा निर्माण
बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

बर्दिया, पुस १४ (फरकसमाचार) / वडाको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय ढोढरीमा गाडी राख्ने ग्यारेज र खानेपानी धारा निर्माण भएको छ । मधुवन नगरपालिका–४ र ५ को आर्थिक सहयोगमा ग्यारेज र खानेपानी धारा निर्माण भएको हो । वडाको आर्थिक सहयोग र प्रहरी कर्मचारीको श्रमदानबाट ईलाका प्रहरी कार्यालयको परिसरमा ग्यारेज र खानेपानी धारा निर्माण गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत प्रहरी कार्यालयको भौतिक संरचना निर्माण गरि सुरक्षा व्यवस्थापन मजबुत बनाउने उदेश्यले वडाले आर्थिक सहयोग गरेको छ ।

इप्रकामा ग्यारेज नहुँदा गाडी बाहिर राख्ने बाध्यता रहेको थियो । त्यसैगरी व्यवस्थित खानेपानी धारा नहुँदा प्रहरी कर्मचारीलाई सास्ती भोग्नु परेको थियो । वडाको सहयोगमा निर्माण भएको भौतिक संरचनाले गाडी बाहिर राख्ने बाध्यता हटेको छ । त्यसैगरी प्रहरी कर्मचारीले व्यवस्थित रुपमा खानेपानी धारा प्रयोग गर्न पाउने विश्वास वडा अध्यक्ष द्वयले व्यक्त गरेका छन् ।

मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले बुधबार इप्रका परिसरमा नवनिर्मित ग्यारेज र खानेपानी धाराको उद्घाटन गरेका छन् । मधुवन नगरपालिका –४ का वडा अध्यक्ष बलिराम चौधरी, वडा नंम्बर ५ का वडा अध्यक्ष दिलीप गुरुङ र निर्माण समितिका अध्यक्ष मग्रा थारुलगायतको उपस्थितीमा नगर प्रमुख भाटले नवनिर्मित ग्यारेज र खानेपानी धाराको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर