बेवारिसे अवस्थामा अबैध सामान बरामद
शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

बर्दिया, पुस १५ (फरकसमाचार)/ भारतबाट भन्सार छली अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–३ खाता र बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले अबैध सामान बरामद गरेको हो । प्रहरीका अनुसार जम्मा मुल्य रु १ लाख ४३ हजार ६ सय १४ बराबरको अबैध बेवारिसे सामान बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक मोहनजंग बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मधुवनको खाता स्थितबाट मुल्य रु ६६ हजार ६४ बराबरको सामान बरामद गरेको छ । सुकेको सिद्रा माछा, सुर्तीजन्य पदार्थ, बिडीलगायत पानजन्य सामान बरामद भएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिकाको फुटाह स्थितबाट मुल्य रु ७७ हजार ५ सय ५० बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार बरामद सामानमा प्लाष्टिक बाटा, चिनी, भेली, गुट्खा पदार्थ रहेको छ ।

भारतबाट भन्सार छली अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर