बर्दिया, पुस १५ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याईएको कपडासहित मोटरसाईकल प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–९ र १० स्थित दुई ठाउँबाट प्रहरीले अबैध कपडा बिहीबार बरामद गरेको हो ।
प्रहरी चौकी मथुराबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध कपडा लोड गरि ल्याएको एउटा मोटरसाईकलसमेत बरामद गरेको छ । प्रहरीका अनुसार बरामद विभिन्न किसिमका कपडा र भारतिय नम्बर प्लेट भएको मोटरसाईकलको मुल्य रु १ लाख २८ हजार ५ सय बराबर छ ।
प्रहरीले बरामद गरेको कपडासहित मोटरसाईकल आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्र्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।