बर्दिया, पुस १९ (फरकसमाचार) / पुसको विचमा कठ्याङग्रिदो जाडो छ । कति बेला मौसम खुुल्छ र ढपक्क ढाक्छ भन्ने अनुमान गर्न गाह्रो छ । बिहान लाग्ने कुहिरो सिरोटोले अझै बढि सर्वासाधरण मारमा छन् । तापक्रमको डिग्री ओरालो लाग्दै गर्दा बार एसोसियसन निर्वाचन सम्पन्न गरेर अघि बढेको छ । बार एसोसियसनमा चुनावी गर्मीले महशुस गरेका कानुन व्यबसायीलाई मौसमको शितलताले साथ दिएको छ । सफल नेतृत्व छान्न तातिएका तिनै कानुन व्यबसायीको विचमा यतिबेला चलिरहेको मौसमको प्रतिकुल अवस्थामा नयाँ आयाम ल्याँएको छ ।
सर्वसहमतिका साथ भविष्यमा अघि बढ्दै जाने चाहाना अनुरुप व्यबसायी विच भएको छलफल र सहकार्यले गर्दा अन्तत नयाँ नेतृत्व चयन प्रक्रियाले सार्थकता पाएको छ । कठ्याङग्रिदो जाडोमा वार एसोसियन पदाधिकारीको चयन सर्वसहितमा पुगेपछि कानुन व्यवसायी –व्यवसायी विचको सहकार्यले न्यानोपनको आत्मियता बाड्न सफल भएको छ ।
लामो समय निर्वाचन मार्फत नेतृत्व चयन हुने परम्पराप अन्त्य भएको सन्देश वार एसोसियसनको निर्वाचनले यतिवेला दिएको छ ।वार एसोसियसन आबद्ध युवा कानुन व्यबसायी कमल प्रसाद पाण्डेको नेतृत्वमा निरबिरोध चयन भएर बारले निर्वाचन सम्पन्न गरेको छ । २०३२ सालमा जन्मेका पाण्डेको नेतृत्वमा भएको पदाधिकारी चयनले बिधि र विधानमा टेकेर स्वतन्त्र न्यायपालिका पक्षम काम गर्न अडिग रहने बिश्वास कानुन व्यबसायी जगतले लिएको छ ।
तेज स्वभाव,सरल व्यवहार र लगनशिलता संगमले पान्डे हस्ती रुपमा परिचय वनाएको स्मरण गर्छन सहकर्मी । बर्दियामा मै हुर्के र बढेका पाण्डेको लगनशिलताको परिणाम स्वरुप यहाँका सेवा ग्राहीको मन जित्न सफल भईरहेका छन् ।
पाण्डेकोे व्यबसायीक जिवनमा धेरै आरोह र अबरोह विच राजनितिक परिवर्तनको अनुभव सगालेका उनको विचार संग्लो छ । प्रेश स्वतन्त्रा र मानवअधिकार हननका बिषय पाण्डे अझै बढि अडिग देखिन्छन् ।
२०४८ साल देखि लेखापढी व्यबसाय आबद्ध भएको पाण्डेको ईतिहास खोतल्ने क्रममा आमा र गुरुको मार्गदर्शनमा हिँडेको पाण्डे सम्झिन्छन । पान्डे भन्छन्,‘आमा मिनादेवि पाण्डेले गुरु कृष्ण प्रसाद चापाईलाई निष्ठुरी मनले मलाई सुम्पीदा समर्पणको फल मिठो भएको हा, मेरो क्यारियरमा आमा र गुरु नर्बिसन पात्र हुनहुन्छ ।’ शैक्षिक यात्रामा बाल मन्दिर हुदै बगलामुखी स्कुलबाट फलाम गेट मानिने एसएलसि सकेका थिए । अध्यन गर्ने समयमा आर्थीक अवस्थामा जकडिएका पाण्डे गुरु चापागाईको सल्लाह सुझावले कानुनी यात्रामा भबिष्य तय गर्न सहज भएको उनी सम्झिन्छन् ।
बबई क्याम्पसबाट बिकम पास भएका पाण्डे बाँके स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट एलएलबि र मास्टर डिग्रीमा राम्रो अंक लिएर उर्तिण भएका हुन । २०६३ सालमा कानुन व्यबसायीको अनुमति लिएर गुलरिया बजारमा खोलीएको ल फर्म मार्फत उनले सेवा ग्राहीलाई कानुनी सेवा अनवरत दिईरहेका छन् । अध्यक्ष पाण्डेका एक छोरा र एक छोरी छन् । सोमबार सम्पन्न भएको निर्वाचनमा पान्डेको नेतृत्व १३ सदस्यीय कार्य समिति चयन भएको छ । सिनियर सदस्य ९ जना चयन भएका छन् भने केन्द्रिय ५ जना पार्षद छन् । उपाध्यक्षमा उदयमणि आचार्य,सचिवमा दिवाकर खनाल र कोषाध्यक्षमा सुरत बहादुर चौधरी निरबिरोध निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानुनी व्यबसायी (डिएलए) आवद्ध उनी निर्वाचनको दौरानमा अग्रज कानुन व्यबसायी र सहकर्मीको मद्दतको पाण्डेले खुलेर प्रशंसा गरेका छन् ।