हुलाकी राजमार्गको सडकमा हिड्न दिदैन, टोलटोलबाट घुमाएर गाडी लैजाँदा पनि सुख छैन : यातायात व्यबसायी
बुधबार, पुष २०, २०७९ मा प्रकाशित

नियम मिचेर कुद्ने गाडी दिन दिनै प्रहरी कारबाहीमा

बर्दिया, पुस २० (फरकसमाचार)/ कोठियाघाट, गुलरिया र नेपालगंज सडकमा दर्जनौ गाडी दैनिक हिड्छन् । तर,तिनै गाडी गुलरिया बजारको टोल टोलबाट हिड्दा स्थानीयको बिरोध छ । गुलरिया बजारमा सडक विस्तार नहुदै लगाएको नियममा टेक्दा व्यबसायी र स्थानीय दुबै मर्कामा छन् । टोल टोलबाट गाडी कुदाउँदा सडक दुर्घटना जोखिम उत्तिकै छ भने बर्सौ पहिल्य लगाएको नियमले हुलाकी राजमार्गमा सार्वजनिक यातायातका साधनलाई हिड्न नदिँदा यातायात संचालक मर्कामा परेका छन् ।

एक दशक अघि बाईपासको सडक निर्माण गरेर एकतर्फी सार्वजनिक यातायात संचालन गर्ने नियम निरन्तरता दिँदा समस्या उत्पन्न भईरहेको छ । स्थानीय टोल टोलबाट तीब्र गतिमा हिड्ने सवारी साधनको विरोधमा डेलिगेसन जाँदा समेत समस्या ज्यूको त्यहि छ ।

चारलेनको राजमार्गमा सार्वजनिक यातायात दुई तर्फी चल्न दिन जरुरी भएको कृष्णसार यातायात प्रालीका कर्मचारीले बताए । ‘पहिला हुलाकी राजमार्ग साघुरो थियो, अहिले चार लेनको बन्दा समेत रोक लगाउँन जाहेज छैन’उनले भने,‘वाईपासको सडक जिर्ण भएका कारण सार्वजनिक यातायातका सवारी साधन भुक्काएर टोल टोलबाट हिड्छ । उनको अनुसार सार्वजनिक यातायात व्यबस्थित गर्न हुलाकी राजमार्गमा दुई तर्फी संचालनका लागि अनुमति दिनुको बिकल्प छैन ।’

बजार क्षेत्रमा तोकिएको बाटोमा सार्वजनिक यातायात नचल्दा ट्राफिक प्रहरीलाई टाउको दुखाईको बिषय बनेको छ । कानुन कार्यान्वय गराउँदा जरिवाना गर्न बाध्यतामा प्रहरी छन् । स्थानीयले पटक पटक खबर गर्ने प्रहरी यातायात साधन रोक्दा बर्सौ देखिको समस्या हल हुन सकेको छैन । बाईपासको बाटो गाडी नलगी अन्य बाटो प्रयोग गरी गाडी लग्नेलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ ।

गुलरिया बजारमा सडक विस्तार नहुदै सडक भिँडभाँड हुने हुँदा दुर्घटना हुने सम्भावना बढी देखिएर बाईपास सडक संचालनमा ल्याईएको हो । लामो समय सडक रिनोभेसन नहुँदा वाईपास सडक खाल्डै खाल्डा छन् । नेपालगंजबाट आउने गाडी गुलरिया बजार भएर आउने बाटो तय गरिएको छ भने राजापुर र गुलरियाबाट छुट्ने गाडी बजार क्षेत्र बाहिरबाट बसपार्क हुँदै बाईपासको बाटो जाने तोकिएको छ ।

बजार क्षेत्रमा दुर्घटनाको जोखिम कम गर्ने उदेश्यले आउने र जाने गाडीको बाटो तय गरिएपनि यतिबेला हुलाकी सडकलाई दुई तर्फी खोल्न पर्ने आवश्यक्ता औल्याइएको छ । तर,राजापुरतर्फबाट आएका गाडीले बजार क्षेत्रमा पनि अन्य छोटो बाटोमा गाडी हाल्ने गर्दा यातायात व्यबसायीको लापरबाही बढ्दो देखिन्छ ।
साघुँरो बाटोमा गाडी नल्याउन एक साता अघिबाट अनुरोध गरेपनि गाडी ल्याउन नछोडेपछि सोमबारबाट कारवाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

बाईपासको बाटो जीर्ण अवस्थामा रहेको गाडी चालकहरुको भनाई छ । ‘बाईपासको बाटो अन्र्तगत गोल पार्कसम्मको बाटो एकदमै भद्रगोल छ’ एक चालकले भने,‘बाईपासको बाटोमा गाडी लैजाँदा पल्टिने र दुर्घटना हुने सम्भावना बढी छ ।’ बाईपासको बाटो भत्किएर जीर्ण अवस्थामा रहेकोले अन्य बाटो गाडी हाल्ने बाध्य रहेको चालकले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर