जिल्ला आउँने बित्तिकै मन्त्री खान जनतासँग
बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

बर्दिया, पुस २१ (फरकसमाचार) / बुधवार दिउँस जिप्रका चोक भिडभाड थियो । भिडभाँडको विचमा मन्त्री अब्दुल खान झुल्किए । जनतासँग भेट्ने वाचा गरेका मन्त्री अब्दुल खानलाई भव्य स्वागत गरे । मन्त्री खानलाई फूलमाला, अबिर र खादा लगाएर जिल्लावासीले भव्य रुपमा स्वागत गरेका छन् ।

मन्त्री खान स्वागत हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिदै समृद्धि र उत्कृष्ट बर्दिया बनाउने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अब्दुल खानले बताएका छन् । प्रतिक्रिया दिदै जनताको आशा र भारोसा कहिले नतोड्ने मन्त्री खानले सुनाए ।

सुशासन, सेवा प्रवाह, आर्थिक समृद्धि र औद्योगिकरणलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने हाम्रो पार्टीले प्रथम क्याभिनेट बैठकबाट निर्णय गरेको छ’मन्त्री खानले भने,‘त्यसलाई मध्यनजर गरेर काम गर्नेछु ।’ गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था सिर्जना गरिने योजना रहेकोे छ । अझै मन्त्रालय तोकिएको छैन । तर,जनमत पार्टीको भागमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय परेको छ ।

मन्त्रालय पाउनसाथ योजना बद्ध रुपमा अघि बढ्ने मन्त्री खानले जनाए । जिल्लालाई कसरी औद्योगिकरण बनाएर रोजगारी सिर्जना गरि यहाँका जनताको आर्थिक स्तर बृद्धि गर्ने योजना रहेको मन्त्री खानले सुनाए । आगामी ६ महिना भित्र काम गरेर परिर्वतनको अनुभुति गराउने मन्त्री खानले दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय