चोरेको साईकल वेचेर राजापुर घुम्ने योजना
शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

बर्दिया,पुस २२ / विहिवार दिउँस ४ बजे । गुलरिया ७ बगलामुखी नजिक रहेको फरक समाचार राष्ट्रिय दैनिकको कार्यालय अघि राखिएको साईकल चोरी हुन्छ । सधैं गेट वाहिर राखिने साईकल भएपनि सिसिक्यामेराको निगरानीमा भएको साईकल चोरी हुँदा खोजा खोज हुन थाल्छ । कार्यालयवाट प्रहरीलाई साईकल चोरी भएको घटनाको जानकारी गराईन्छ ।

सेनामुख प्रहरीले जताततै खबर गरेर खोज्दा खोज्दै बिक्रि गर्न लागेको अवस्थामा बालक सहित साईकल बरामद हुन्छ । दिउँस नपत्याउँने समय र स्कुले वालक चोर हुन भन्ने त संकै नहुँदा साईकल बरामद हुन केहि समय लाग्छ ।

तर, सिसिक्यामेरामा निगरानी गर्दा निलो र रातो रंग भएको हुडी लगाएका वालक जवरजस्ती तानेर साईकल चोरी गरेको देखिएपछि साईकल सहित वालक भेटिन्छ । हुलिया सहित खोजी गर्दा गुलरिया भन्सार सडकमा पर्ने वाईपासमा साईकल पसलमा बिक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा फेला परेका बालक अवस्था देख्दा अभिभावक चिन्तित हुन्छन् ।

साईकल बिक्रि गर्ने ठाउँमा रंगेहाथ तनि जना बालक फेला पर्दा स्थानीय अचम्भित हुने कुनै नौलो घटना भएन । त्यहाँ देखिएको दृश्यले हाम्रा बालक पनि यस्ता गतिबिधि त लागेका छैनन भन्ने आंशकाले अधिकांश अभिभावक शसंकित हुन्छन् ।

साईकल चोर्ने मुख्य नाईके ति वालकसँगै साईकल फेला पार्दा समेत मेरो साईकल हो भन्दै दाबी गरिरहेका थिए । चोरी पक्राउँ गर्दा समेत बालकले निस्फ्रिक ढंगले आफ्नो साईकल भएको बताउँने ती बालक यसअघि साईकल चोरीका घटना पटक पटक दोहोराएको हुन सक्ने स्थानीयले अनुमान छ ।

चोरेको साईकल वेचेर आएको पैसाले तीन जना राजापुर जाने योजना रहेको समेत खुलेको छ । राजापुरका ति वालकले साईकल वेचेर आफु सहित तीन जना साथीलाई राजापुर घुमाउँनका लागि चोरी कार्यमा लागेको भेटियो ।

वाईपास सडकवाट १२ वर्ष मुनिका तीन वालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । गुलरियाको सनराईज स्कुल पढ्ने वालकको व्यवहार परिवर्तन ल्याएको चोरीको घटनाले अभिभाव समयमा सचेत हुन जरुरी छ । ‘मेरो वच्चा स्कुल जान्छ कि जादैन,के गर्देछ,अभिभावकले ध्यान पुराउँन जरुरी देखिन्छ’एक जना बुद्धिजिविले भने,‘कहाँ बाट ल्याएर पैसा खर्च गर्देछ,संगत कस्तो छ भन्ने निगरानी गर्ने काम अभिभावकको हो ।’ साईकल चोरी,पसल चोरीका घटनामा विश्वास गर्न नसकिने स्कुल वालक फेला पर्नु दुःखद बिषय भएको अधिकांशले प्रतिक्रिया दिए ।

साईकल चोरीको बिषयलाई जानकारी दिन फरक समाचार मिडिया हाउँसले चलाउँने फेसबुकको अफिसियल वालमा जानकारी गराउँदा अधिकांश ठाउँबाट यस्तै किसिमले हुने चोरीको घटना बढेको प्रतिक्रिया दिएका छन् । अधिक पैसा खर्च गर्ने लतमा फसेका वालकले यस किसिमका घटनामा संलग्न हुने गरेको प्रहरी अधिकृतको भनाई छ ।‘पहिलो स्कुल अभिभावक हो,वच्चाले व्यबहारमा गरेको परिवर्तनको जानकारी अभिभावकसँग हुन्छ’प्रहरी अधिकृत भन्छन,‘ चोरी घटनामा स्कुले वालक भेटिनु समाजका लागि दुःखद बिषय हो ।’साईकल चोरी गर्ने स्कुले वालकको योजना असफल भएपनि यस्ता किसिमका गतिबिधि रोक्न समुदाय सक्रिय हुनु पर्ने प्रहरीको भनाई छ । नियन्त्रणमा लिएका वालकलाई पहिलो पटक भन्दै प्रहरीले अभिभावक जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय