माघ ९ भित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न दलहरू सहमत
शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

काठमाडौँ , पुस २२ / संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् ।

शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।

‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर