सिरोट छेक्दै प्रशासन : प्रजिअ बास्तोला अघिअघि,एसपि शाही पछिपछि
आइतबार, पुष २४, २०७९ मा प्रकाशित

बर्दिया, पुस २४ / पश्चिम तराईको आकाश कहिले खुल्ने हो थाहा छैन । एक दिन, दुई दिन गन्दै सात दिन नाघ्यो । शितलहरको सिरोटोले विपन्न बस्तीका कच्चो घरको भित्ता छेडेको छ । घर भित्रै ठिहिले सकस दिईरहेको छ । बेसाहाराको मुटु थरथरि काप्दै छ । जेष्ठ नागरिक दुःखमा छन् । निमुखा सर्वसाधारण शरिर ढाक्ने न्यानो कपडा नहँुदा सडकमा देखिन्छन् ।

रोजगार यूवाको रोजगार खोसिएको छ । बजारमा किनमेल बन्द जस्तै छ । घर बाहिर निस्कन आँट गर्नेको संख्या घट्दो छ । सडकमा सवारी साधन पातलिएको देखिन्छ । पश्चिम तराईमा चलिरहेको शितलहरको कहरले दिएको पिडा झेल्न विपन्न वस्ती बढी विवश छ ।

कार्यक्रम, गोष्ठी, भिआईपि स्वागतमा गुड्ने प्रहरी सहितको सरकारी गाडी गुलरिया–७ स्थित चौगुर्जी गाउँ तर्फ शनिबार मोडिन्छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र एसपि बिरेन्द्र बहादुर शाहीको गाडी देख्दा मधेशी बस्तीमा एक किसिमको तरंग फैलिएको अनुहारमा झल्किन्थ्यो । तर बास्तोला र शाही भिँड नियन्त्रण गर्ने वा कसैलाई पक्राउँ गर्न नभई बेग्लै उदेश्य रहेको थाहा पाएपछि वस्तीका मान्छे खुल्छन् । जाडोले थरिथरि कामेका रज्जक गोडिया भन्छन्,‘ईस साल बचप तो, दोसर साल त बचजाईव ।’ अवधि लवजमा बोलेको रज्जकले अहिले बाचे भने, अर्को साल बाचिहाल्छु भन्दा भन्दै सन्नाटा छाउँछ ।

त्यहि बिचमा प्रहरी नायव निरीक्षक भिम वलिले फटाफट नाम पढ्दा वस्तीमा उर्जा थपिन्छ । प्रहरीका एसपि शाही घरको ढोका खोल्दै कम्बल दिन पुग्छन् । प्रजिअ वास्तोलाले वस्ती विचमा भेटिएका अशक्तलाई भेटेर न्यायो कपडा सहितको अभिवादन गर्छन । वस्तीमा प्रशासन पसेर गरेको न्यानो अभिवादनलाई सर्हष स्वीकार्छन् । नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष कृष्ण गौतमको आवागमनले कार्यक्रमको ओझ बढ्छ । गौतमले न्यानो कपडा सहितको न्यानो अभिवादन टक्राउँछन् । यत्तिकैमा यो कार्यक्रम सम्पन्न हुदैन । प्रहरीको गाडी अर्को वस्ती तर्फ बिपन्न खोज्न सोझिन्छ । दिनभरि हजुरहरुलाई भेट्ने र कुद्ने भन्ने शब्द एसपि शाहीले सुनाउँदा बिपन्न वस्तीका अर्का राम प्रकाश लोधको आँखा भरी आसु छचल्किन्छ ।

प्रहरीले शितलहरले छेक्न नसक्ने वस्तीमा अति बिपन्नको तथ्याकं संकलन गरेको छ । बिपन्न वस्तीमा गरिएको सानो सहयोगले मल्हम लाग्ने हुदाँ यस कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए । ‘वास्तविक पिडितसम्म पुग्ने लक्ष्य हो’ बिपद व्यबस्थापन अध्यक्ष समेत रहेका प्रजिअ वास्तालाले भने,‘प्रहरीले ल्याएको रेर्कडमा राजनितक स्वार्थ बाँझिएको हुदैन, सहयोग जुटाएर मल्हम लगाउँन खोजेको हो ।’

प्रहरी र प्रशासन शब्द सुन्ने बित्तिकै अप्रिय घटनासँग साईनो जोडिएको झल्को आउँछ । र,प्रहरीको नाम सुन्दा लडाई, झगडा, बबाल, हुलहुज्जत, मुद्दा, मामिला जस्ता कुरा मनमा खेल्छन् । आमा र बाले समेत प्रहरी वोलाईदिउँ ? प्रहरी पक्रेर, कुटछ, पिटछ, थुन्न लैजान्छ जस्ता शब्द बाणले गर्दा वयस्क देखि पाको उमेरमा पुग्दा समेत त्यसको असर मेटिदैन ।

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, अनुसन्धान र शान्ति–सुरक्षा कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने चेत नहुँदा प्रहरी समाजभन्दा परको जस्तो देखिन्छ । घरेलु हिंसा, लागुऔषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, उद्धारमा प्रहरीले अग्रणी भुमिका हुने भेउँ पाउँदैनन । सडकमा अलमलिएका यात्रुलाई नजिकैको प्रहरीले आफूलाई सबैभन्दा भरपर्दो सहयोग गर्न सक्छन् भन्नेसम्म भेउँ नपाउँदा दुःख पाउने धेरै छन् ।

यही आवश्यकतालाई महत्त्वपूर्ण ठानेको प्रहरी र प्रशासनले अहिले नागरिकसँगको दूरी घटाएको छ । जिल्लामा प्रशासनले ग्रहण गर्ने अभिभाकत्व सेवाग्राही खुसी छन् । जिल्ला प्रहरीले प्रत्येक साता कुनै न कुनै विद्यालयका विद्यार्थीका लागि प्रहरी के हो, प्रहरीले दिने सेवा कस्तो हो, प्रहरीबाट कसरी सहयोग लिन सकिन्छ भन्नेजस्ता विषयमा कक्षा सञ्चालन गर्ने गरेको छ । बाल्यकालमा पुलिस भनेको डरलाग्दो व्यक्ति हो भनेर डराउँन दिने चलनको एसपि शाहीले स्मरण गरे । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय