“महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न
आइतबार, पुष २४, २०७९ मा प्रकाशित

बर्दिया,पुस २४/महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. गुलरिया शाखा अन्र्तगत बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ मा रहेको ज्ञानकुञ्ज सामाजिक उद्यमि महिला सहकारी संस्थाका पदाधिकारी एवम् सदस्यहरुको सहभागितामा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । समाजमा पिछडिएका समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको हो ।

कम्पनीले पौष २३ गते ज्ञानकुञ्ज सहकारीको अध्यक्ष खगिसरा सुबेदीको अध्यक्षता, वडा नं. १ का वडा अध्यक्ष जोगिराम थारुको प्रमुख अतिथ्यता, गुलरिया नगरकार्यपालिका सदस्य नैन बहादुर सुनारको बिशेष अतिथ्यता, सोहि वडाको वडा सदस्य पम्फासरी सुनार र गुलरिया शाखाका प्रमुख खुमेश सुबेदीको आतिथ्यतामा संचालित कार्यक्रममा एक सय जना बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुलरिया शाखा प्रमुख खुमेश सुबेदीले कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे । साथै कार्यक्रममा प्रमुख अतिथि थारुले यस्तो कार्यक्रमले महिलालाई आत्मनिर्भर हुन मद्दत गर्ने बताउनुका साथै जिबन बिमा गरी आर्थिक एवम् पारिवारिक सुरक्षा गर्नु पर्ने बताए । बिशेष अतिथि सुनारले यो कार्यक्रमले महिलालाई रोजगारीको अवसर प्रदान गर्नुका साथै बिमा गर्दा बचत गर्ने बानिका बिकार पनि हुने बताए ।

कार्यक्रमको समापन गर्दै सहकारी अध्यक्ष एवम् कार्यक्रमको अध्यक्ष सुबेदीले महिलाहरुलाई अगाडि बढाउन अवसर प्रदान गरेकोमा कम्पनिलाई धन्यवाद दिदै यसमा बढि भन्दा बढि महिला दिदि बहिनिहरुलाई यसमा आवद्ध गराउनको लागि बिशेष भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय