गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु
सोमबार, पुष २५, २०७९ मा प्रकाशित

धनगढी, पुष २५ / भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन नसकेको प्रशासनले जनाएको छ । मृतकका आफन्त भारततर्फ  हिँडिसकेको जनाइएको छ ।

६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरू भारतका विभिन्न सहरबाट घर फर्किरहेका थिए ।

बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय