बैंकिङ कसुरमा एक पक्राउ
बिहिबार, पुष २८, २०७९ मा प्रकाशित

बर्दिया, पुस २८ (फरकसमाचार)/ बैंकिङ कसुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–८ बस्ने धर्मराज जैसीलाई प्रहरीले पक्राउ गरेको हो । ०७६ साल फागुन १२ गते उच्च अदालत पाटनको फैसला आदेशले जैसीलाई बैंकिङ कसुर मुद्दामा रु १२ लाख ९९ हजार ७ सय जरिवाना तोकेको थियो ।

उच्च अदालत पाटनले जरिवाना तोकेको दिन देखि जैसी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा जैसीलाई घर वतनबाटै सोमबार नियन्त्रणमा लिई मंगलबार जिल्ला अदालत बर्दियामा उपस्थित गराएको थियो ।

तोकिएको जरिवाना जैसीले तिर्न नसकी अदालतको आदेशले जरिवाना वापतको कैद भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक ह्देश कुमार सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय