बर्दिया, पुस २८ (फरकसमाचार) /गुलरिया नगरपालिका–८ पृथ्वी पार्कमा बुधवार भिँडभाड थियो । पृथ्वी पार्कमा आयोजित पृथ्वी जयन्तीमा सहभागीता जनाई दिन आएका उत्साहित देखिन्थे । पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णयसँग यस बर्ष पनि पृथ्बी पार्कमा कार्यक्रम आयोजना गरिएको थियो । भव्य रुपमा मानाउँन थालिएको अवसरमा राजनितिक दलका कार्यकर्ताको सहभागीताले रौनक थपिएको छ । पृथ्वी जयन्तीमा विभिन्न राजनैतिक दलको सहभागिता देखियो । नेपाली काँग्रेसका जिल्ला सभापति अरुण प्रकास राठौर, नेकपा एमालेका सचिव अंगत श्रेष्ठ, जनमत पार्टीका मगरे गोडियालगायतको सहभागिता रह्यो । कार्यक्रममा मूख्य अतिथिमा पूर्व प्रदेश प्रमुख, ईतिहासकार, बिद्धान डा. राजेश अहिराजले आशन ग्रहण गरेका थिए ।
गुलरियामा भव्यताकासाथ ३०१औं पृथ्वी जयन्ती एवंम् राष्ट्रिय एकता दिवस मनाईएको छ । विगतको पृथ्वी जयन्ती भन्दा यस पालीको पृथ्वी जयन्तीमा उत्साह थपिएको छ । पृथ्वी जयन्ती एवंम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदाको घोषणा ग¥र्यो । त्यसैगरी पहिला राजावादी व्यक्तिहरु मात्र पृथ्वी जयन्तीमा सक्रिय सहभागिता जनाउथे भने यस पालिकोसहभागि वक्ताहरुले राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको महान् वाण्ीको स्मरण गर्दै पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा भव्यताकासाथ मनाउन भनाई राखे । राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको इतिहासलाई जिवित राख्न सबै दलले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न दलका वक्ताहरुले अभिव्यक्ति प्रस्तुत गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा नागरिक मुल समारोह समितिले पृथ्वी पार्कमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका पुर्व प्रदेश प्रमुख डा.राजेश अहिराज सहभागि रहेका थिए । पृथ्वी नारायण शाहको शालिकमा डा.अहिराजले माल्यार्पण गरेका थिए । देशलाई एकिकरण गर्न सबै समुदायका मानिसले योगदान पु¥याएको डा. अहिराजले बताए । ‘राज्य एकिकरणमा पृथ्वी नारायण शाहलाई मुस्लिम समुदायका व्यक्तिले हतियार बनाएर सघाए’ डा.अहिराजले भने,‘त्यस्तै मिश्र समुदायका व्यक्तिले युद्ध रणनीति बनाएर सघाए ।’ राज्य एकिकरणमा पृथ्वी नारायण शाहलाई सबै जातजातिका मानिसले सघाएका थिए । देशलाई एकिकरण गर्न सबै मानिसको योगदान छ ।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको दिव्य उपादेशलाई हामीले अवलम्बन नगर्दा हाम्रो देश पछि परेको डा.अहिराजले बताए । ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ राष्ट्र निर्माताको वाणीलाई डा.अहिराजले स्मरण गराए । तर आजभोलि त्यसमै लिप्त हुँदा देश झन् खस्किदै गएको छ । देशलाई विकसित गर्न पृथ्वी दिव्य उपादेशलाई अवलम्बन गरे पुग्छ । तर हामीले त्यसलाई वास्ता नगर्दा पछि परेका छौं ।
देशमा उत्पादन गर्नु, आयत नगर्नु निर्यात गरेर देशलाई आर्थिक रुपमा बलियो बनाउनु जस्ता कुरा दिव्य उपादेशमा रहेको डा.अहिराजले सुनाए । त्यस्तै गरि देशलाई पराराष्ट्र नीतिमा, कृषि नीतिमा र छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध कसरी राम्रो बनाउने दिव्य उपादेश छ । हामीले दिव्य उपादेशलाई अवलम्बन गरे देशलाई समृद्धि बनाउन धेरै समय नलाग्ने भनाई डा.अहिराजले राखेका थिए ।
पृथ्वी जयन्तीको अवसरमा बुधबार कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको नागरिक मुल समारोह समितिका अध्यक्ष कमल राज पौडेलले बताए । ‘राष्ट्र निर्माताको इतिहासको स्मरण स्वरुप प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम आयोजना गर्ने गरेका छौं’ समारोहका अध्यक्ष पौडेलले भने, ‘पृथ्वी जयन्तीमा दलको उत्साहजनक सहभागिताले थप उर्जा थपेको छ ।’ पृथ्वी नारायण शाहको आफु अभियन्ता रहेको सुनाए । कार्यक्रम सफल पार्न सघाउँने सम्पुर्णलाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे । गुलरिया नगरपालिका–८ पृथ्वी पार्कमा सरसफाई विकास प्रेमी युवा समुहका नगर संयोजक मेहमुद सिद्दिकीको नेतृत्वमा भएको मुल समारोहका अध्यक्ष पौडेलले जानकारी दिए ।