कला, साहित्य, संस्कृति र परम्पराको संरक्षण र प्रर्वद्धन गर्न माघी महोत्सव
आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

बर्दिया, माघ ०१ (फरकसमाचार) / थारु जातिको महान् पर्व माघीको अवसरमा कला, साहित्य, संस्कृति र परम्पराको संरक्षण र प्रर्वद्धन गर्न माघी महोत्सवको आयोजना गरिएको छ । माघ २ गते गुलरिया नगरपालिकाको मैदानमा थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमितिले माघी महोत्सवको आयोजना गरेको हो । बर्दिया जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ । थारु जातिको आफ्नै मौलिक कला, साहित्य र संस्कृती छ ।

पछिल्लो समय नयाँ जेनेरेशनले आफ्नो मौलिक कला संस्कृती प्रति रुचि कम गर्दै गएका छन् । बुढापाखाले पहिला माघीमा गाउँने भाका र नाँच भन्दा नयाँ जेनेरेशनले डिजे बजाएर रमाउँने क्रम बढेको छ । आफ्नो मौलिक कला, साहित्य र संस्कृतीलाई संर्वद्धन र प्रर्वद्धन गर्न माघी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारीणी सभा बर्दियाका अध्यक्ष बिर बहादुर चौधरीले बताए । ‘माघी महोत्सवले कला, साहित्य, संस्कृती र परम्पराको संर्वद्धन र प्रर्वद्धन गर्ने’ अध्यक्ष चौधरीले भने,‘साथै मेलमिलाप र सदभाव कायम राख्नसमेत टेवा पु¥याउछ ।’

महोत्सवमा थारु कलाकारद्वारा नाँचगाँन र झाँकी प्रर्दशनले मनोरञ्जनात्मक वातावरण सिर्जन गर्ने र थारु परिकारका १० वटा स्टलले स्वदिष्ट परिकार उपलब्ध गराउने अध्यक्ष चौधरीले जानकारी दिए ।

माघी पर्वलाई थारु जातिले नयाँ वर्ष र ठुलो पर्वको रुपमा हार्षोउल्लासका साथ मनाउँछन् । पुस मसान्तबाट सुरु भई माघी पर्व महिना भरी मनाउने गरिन्छ । माघ १,२ गते विषेश पर्वको रुपमा र त्यसपछि वार्षिक समिक्षा आगामी वर्षको योजना निर्माण गर्ने गरिन्छ । घर परिवारमा वर्ष भरि गरेका राम्रा काम र सुधार गर्नु पर्ने कार्यलगायत घर छुटिने समेतको निर्णय यहि महिना गरिन्छ । साथै गाउँ संचालनका लागि बरघर चुन्ने लगायतका काम माघमा गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय