भोलि शोक बिदा दिने सरकारको निर्णय
आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

काठमाडौं, माघ १/ बालुवाटारमा बसेको आकस्मिक  मन्त्रिपरिषद्को  बैठकले भोलि शोक बिदा दिने निर्णय गरेको छ। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा  शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

‘आज पोखरामा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ।  भोलि माघ २ गते शोकपूर्ण घटनामा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’‚ उनले भने।

आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको थियो। हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको बताइएको छ।

आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो। काठमाडौंबाट १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन। यसैगरी मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण छानबिन गर्न पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर