भैंसीलाई टारगेट बनाएको चितुवाले बाख्रा खायो
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, माघ ३ (फरकसमाचार) / गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीमा चितुवा पल्किएपछि स्थानीय आतंकित भएका छन् । चितुवाले बस्तीमा दिनहुँ आक्रमण गर्न थालेपछि स्थानीय जाग्राम बस्नु पर्ने स्थिती आएको छ । भैंसीलाई खान टारगेट बनाएको चितुवाले भैंसी खान नपाएपछि बाख्रालाई शिकार बनाएको छ । माघीको दिन भिसमिसे साँझ पर्दै थियो । सबै आफ्नै काममा व्यस्त थिए । साँझ पर्न थालेपछि खाना पकाउन जेहन तेहन गर्दै थिए ।

आइतबार साँझ ६ बजे समसझै आँगनमा बाँधेको भैसीलाई ताक्दै चितुवा बस्ती नजिक पुग्यो । चितुवा भैंसी नजिक पुग्नै लगेको थियो । त्यत्तिनैमा स्थानीयले देखेपछि होहल्ला गरे । समसझै भएकोले स्थानीयले भैंसी नजिक पुग्दै गरेको चितुवालाई होहल्ला गरेर भगाए । चितुवाको पहिलो प्रयास असफल भयो । तर बस्तीमा पल्केको चितुवा कहा त्यस्तै भाग्ने । ८ बजेर ३० मिनेट जाँदा फेरि अर्को प्रयास ग¥यो । दोस्रो प्रयासमा कल्लु लोधको खोरमा बाँधिएको भैंसी नजिक पुग्यो । राति नछिपिदै भएकोले भैंसी कराउँदा स्थानीयले थाहा पाएँ । होहल्ला गर्दा फेरि भाग्यो । भैंसीलाई खान नभएपछि चितुवाले तेस्रो प्रयासमा बाख्रा लग्न सफल भयो । यसरी तेस्रो पटकको प्रयासमा चितुवाले बाख्रालाई शिकार बनाएको छ । ललंन पठानको बाख्रा चितुवाले लगेको हो । भैंसीलाई टारगेटमा राखेको चितुवाले बाख्रा लगेको छ ।

चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् । दिनहुँ बस्ती नजिकै चितुवा कराउने र केही दिनमै फरकमा घर पालुवा जनावरलाई शिकार बनाउन थालेपछि स्थानीय आतंकित भएका हुन् । पुस १६ गते राति सोही टोलका बाबुलाल धोबीको गाई खाएको थियो । चार दिन अघि बाँछोलाई लगेको चितुवाले पाचौं दिनको रातको ११ बजे गाई मारेको थियो । घर पछाडि बाँधेको गाईलाई मारेर खाँदै गरेको अवस्थामा धोबीले ढुङगा मुढागरेपछि चितुवा भागेको थियो । गाईको पछाडि तिरको केही भाग चितुवाले खाएको थियो । त्यस भन्दा अघि सोही टोलकी लक्ष्मी सुनारको खोरमा बाँधेको बाख्रा चितुवाले तानेर खाएको थियो ।

स्थानीयका अनुसार मुर्तिहा जंगलको चितुवाको बास नजिकैको उखुबारीमा छ । उखुबारीमा बासस्थान बनाएको चितुवा साँझ पर्नसाथ बस्ती नजिक देखा पर्न थालेको छ । घर पालुवा जनावरलाई शिकार बनाइ रहेको चितुवाले अब मानिसलाई आक्रमण गर्न सक्ने जोखिम बढेको स्थानीय सुनाउँछन् । दिनकै चितुवा नजिकै कराउँदा जनावर बचाउन रातभरि जाग्राम बस्नु परेको बालकराम लोधले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय