नगर प्रमुख यादवको थारु सस्कृति मोह
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

बर्दिया, माघ ३ (फरकसमाचार) / थारु कल्याणकारी सभाको आयोजनामा माघी महोत्सव गुलरियामा एक दिने माघी महोत्सव आयोजना भयो । गुलरिया बजारको टाउँन हलमा आयोजना गरिएको महोत्सवमा सोमबार दिउँस खचाखच दर्शक भरिए ।

अतिथिको लागि महोत्सवमा स्टेज तयारीले थप आर्कषण देखिएको थियो । त्यसै विचमा आर्कषक पोशाकमा सजिएका गुलरिया नगरपालिका नगर प्रमुख मुक्तीनाथ यादव तर्फ दर्शकको ध्यान खिच्यो । अग्लो कद, थारुसँग मिल्दो जुल्दो अनुहार दर्शक दिर्घाले नगर प्रमुखले थारु सस्कृति जर्गेना गर्न गरिएको पोशाक थारु समुदाय प्रतिको नगर प्रमुखको मोह देखेर बयान गर्ने धेरै भेटिए ।

थारु समुदायको महान चाडमा थारुको पहिरनमा आफ्नो लागी बिशेष भएको नगर प्रमुख यादवले बताए । दासताबाट मुक्त भएका अवसरमा थारु समुदायको बिशेष दिनमा माघी महोत्सव आयोजना गरिएको उनको जिकिर गरे । महोत्सवमा उद्योग बाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष विरु चौधरी, हरिहर थारु, बलिराम थारु, गोविन्द थारु सस्कृति झल्किने पोशाक लगाएका थिए ।

बर्दिया जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ । माघी महोत्सवले थारु जातिको मौलिक कला, साहित्य र संस्कृती झल्काएको छ । माघी महोत्सवले कला, साहित्य, संस्कृती परम्पराको संक्षरण हुने र आपसी मेलमिलाप सद्भाव कायम हुन मद्दत गर्ने विश्वास छ ।

थारु भेषभुषामा सजिएको झाँकीसहितको ¥यालीले जो कोहीको ध्यानाकर्षण गरेको थियो । थारु जातिको भेषभुषा संस्कृतिसहितको झाँकीले सोमबार नगर नै गुन्जायमान भयो । झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरि गुलरिया नगरपालिकाको मैदानमा प्रवेश गरेको थियो । नगरपालिकाको मैदानमा माघी महोत्सवको मंच थियो । नाँचगान र झाँकीसहितको ¥याली नगरपालिको परिसरमा प्रवेश गर्दा झन् रोमांन्चक देखियो ।

जिल्लाको विभिन्न पालिका र गुलरिया नगरपालिकाको विभिन्न गाउँबाट आएका सहभागिले थारु जातिको भेषभुषा झल्किने झाँकीसहित नाचगान प्रस्तु गरेका थिए । त्यसैगरी थारु मोडेल र गायकहरुको प्रस्तुतीले मनोरञ्जनात्मक वातावरण बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय