राप्रपाबाट विक्रम पाण्डे सहरी विकासमन्त्री, प्रधानलाई कानुन मन्त्रालय
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित

काठमाडौं, माघ ३ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन् ।

सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् ।

सुरुमा प्रधानलाई सहरी विकास मन्त्रालय भनिएको थियो । तर पाण्डेले युवा तथा खेलकुदमा जान चाहेनन् । अहिले मन्त्रालय साटफेर भएको छ । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकासमन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए । राज्यमन्त्रीमा दीपक सिंहको सम्भावना छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर