सर्जुनदी बस्ती नजिक डमरु हुर्काउँदै चितुवा
बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, माघ ५ (फरकसमाचार)/ गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीमा पल्केको चितुवा बाघ डमरुसहित रहेको स्थानीयले बताएका छन् । बस्ती नजिकै रहेको उखुबारीमा चितुवा बाघले डमरु हुर्काइ रहेको स्थानीयले देखेका छन् । विगत एक महिना देखि डमरुसहितको चितुवाले बस्ती नजिकैको उखुबारीमा बास बनाएको छ । वच्चा हुर्काउन जंगल छाडेको चितुवाले दिन दिनै बाख्रा मार्न थालेको छ ।

उखुबारीमा बास बनाएको चितुवाले सर्जुनदी बस्तीमा दिनहुँ आक्रमण गर्न थालेको छ । मुर्तिहा जंगलको डमरुसहितको चितुवाले नेपाली उखुबारीमा बासथान बनाएको छ । खेतमा जाँदा कहिले काही उखुबारीमा चितुवाका बच्चाहरु लडिबुडि गरि रमाएको अवस्थामा देख्ने गरेको रमेश लोधले बताए । मुर्तिहा जंगल नजिकै उखुबारी भएकोले बच्चा हुर्काउन चितुवा आएको लोधले अनुमान लगाए ।
डमरुसहितको चितुवा बस्तीमा पल्किएको छ । दिनहुँ घरपालुवा जनावरलाई आक्रमण गरि उखुबारी तर्फ लगिरहेको छ । बस्तीमा पल्केको चितुवा दिनदाहडै बस्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

गुलरिया नगरपालिका–७ का रोशन अली र राजु कुरेसीको बाख्रालाई बुधबार दिउँसै चितुवाले आक्रमण गरेको छ । बच्चाहरुले सर्जुनदी पारीको बस्ती नजिकै बाख्रा चराईरहेको बेला चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणमा परेका दई बाख्रा मध्ये अलीको बाख्रा घटनास्थलमै मरेको छ भने कुरेसीको बाख्रा घाईते भएको स्थानीय निरज कर्णले बताए । ‘चितुवाको आक्रमण दिनहुँ बढ्दो छ’ कर्णले भने, ‘उखुबारीमा बास बनाएको चितुवालाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन छ ।’ यस्तै रह्यो भने अब चितुवाले मानविय क्षति गर्न बेर लगाउदैन ।

चितुवाले दिनदाहडै आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बस्ती नजिकै चितुवाको बास भएपछि स्थानीय खेतबारीमा जान डाराएका छन् । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्ती नजिकैको उखुबारीमा चितुवाले अड्डा बनाएको छ । उखुबारीमा मुख्य अड्डा बनाएको चितुवाले दिनदाहडै आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा दिउँसै डराउनुपर्ने स्थिती आएको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीमा चितुवा पल्किएपछि स्थानीय आतंकित भएका छन् । गत आइतबार गुलरिया नगरपालिका–८ सर्जुनदी टपराका ललंन पठानको बाख्रा चितुवाले खोरबाट तानेर लगेको थियो । आइतबार साँझ ६ बजे चितुवा बस्ती पसेको थियो । भैंसीलाई टारगेट बनाएको चितुवाले भैंसी खान नपाएपछि बाख्रालाई शिकार बनाएर उखुबारी तर्फ डौडिएको थियो ।

गत पुस १६ गते राति सोही टोलका बाबुलाल धोबीको गाई खाएको थियो । चार दिन अघि बाँछोलाई उखुबारी तर्फ लगेको चितुवाले पाचौं दिनको रातको ११ बजे गाई मारेको थियो । घर पछाडि बाँधेको गाईलाई मारेर खाँदै गरेको अवस्थामा धोबीले ढुङगा मुढागरेपछि चितुवा भागेको थियो । गाई ठुलो भएकोले लग्न सकेन । गाई मारेको स्थानमै पछाडि तिरको केही भाग चितुवाले खाएको थियो । त्यस भन्दा अघि सोही टोलकी लक्ष्मी सुनारको खोरमा बाँधेको बाख्रा चितुवाले तानेर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर