फरार ६ कसुरदार एकैदिन पक्राउ
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

बर्दिया, माघ ६ (फरकसमाचार) / प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई एकैदिन पक्राउ गरेको छ । प्रहरीले फरार रहेका ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।

राजापुर नगरपालिका–४ बस्ने रईस अहमद सिद्धिकीलाई प्रहरीले पक्राउ गरेको छ ।सिद्धिकीलाई अदालतले ०७९ साल असार २९ गते ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५ दिन कैद सजाय र रु १ लाख जरिवाना तोकेको थियो । अदालतले कैद सजाय र जरिवाना तोकेको दिनदेखि सिद्धिकी फरार रहेका थिए । सिद्धिकी आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी बस्ने खुसीराम थारु, पाटनदिन थारु, मंङता थारु, भग्गु थारु र बालकराम थारुलाई पक्राउ गरेको छ । ०७८ साल माघ २७ गते जिल्ला अदालतले पुन चलन मुद्दामा पाचै जनालाई जनही ५ हजार जरिवाना तोकेको थियो । जरिवाना तोकेदेखि पाचै जना फरार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले सिद्धिकीलाई पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाँचलाई पक्राउ गरेको हो । प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई जरिवाना र कैद सजाय भुक्तान गराउन बिहीबार अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय