२३ वर्षपछि फरार कसुरदार पक्राउ
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

बर्दिया,माघ ११(फरकसमाचार) / २३ वर्षपछि जबरजस्ती करणीका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–३ का प्रकाश शाहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । अदालतले शाहलाई ०५६ साल असार १३ गते जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतले सजाय तोकेदेखि शाह फरार रहेका थिए । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शाहलाई अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय