अस्पतालले ग¥यो एक सय जनाको हाईड्रोसिलको अप्रेशन
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

बर्दिया, माघ १२ (फरकसमाचार) / बर्दिया अस्पतालले निःशुल्कमा एक सय जनाको हाईड्रोसिलको अप्रेशन गरेको छ । अस्पतालले गत पुसबाट माघ १० गतेसम्म एक सय जनाको निशुल्कमा हाईड्रोसिलको अप्रेशन गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय आर्थिक वर्ष ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बर्दिया अस्पातलले १ सय २० जना हाईड्रोसिल बिरामीको निशुल्कमा अप्रेशन गर्ने जिम्मेवारी पाएको थियो । सोही कार्यक्रम अनुसार अस्पतालले माघ १० गतेसम्म एक सय जनाको अप्रेशन गरिसकेको छ ।

अप्रेशन गर्न पाएको कोटा पुग्न लागेको अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘तोकिएको कोटा पुरा हुन अब २० जना बाँकी छन्’ वरिष्ठ मेसु पाण्डेयले भने,‘ तोेकिएको कोटा पुरा भएपनि अस्पतालमा हाईड्रोसिलको अप्रेशन गर्न सकिन्छ ।’ अस्पतालमा सर्जन डाक्टर विजय उपाध्यायको नेतृत्वमा हाईड्रोसिलको अप्रेशन भईरहेको वरिष्ठ मेसु पाण्डेयले जानकारी दिए । अस्पतालले हप्ताको मंगलबार र बिहीबार दुई दिन हाईड्रोसिलको अप्रेशन गर्दै आएको छ ।

त्यसैगरी अस्पतालले एमसिएच शाखाबाट दिने सेवाहरुमा समाबेस गरि केही दिन अघिबाट निःशुल्क रुपमा स्थायी बन्ध्याकरण गर्दै आएको छ । बन्ध्याकरण गर्ने महिला/पुरुषलाई नेपाल सरकारले तोके बमोजिमको खाजा खर्चसमेत अस्पतालले उपलब्ध गराउदै आएको छ । यो हप्ता दुई जनाले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

साथै अस्पतालमा महिलाहरुको आङ खस्ने समस्याको अप्रेशन सुरु हुदै छ । स्त्री रोग विशेषज्ञ द्वारा डा. राम विश्वास राय र डाक्टर सामिनीले अप्रेशन गर्नेछन् । बुधबार र शुक्रबार दुई दिन अस्पतालले अप्रेशन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय