बोक्सी आरोपका फरार ९ वर्षपछि पक्राउ
शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

बर्दिया, माघ १३ (फरकसमाचार)/ बोक्सी आरोपमा फरार रहेका एक जनालाई प्रहरीले ९ वर्षपछि पक्राउ परेका छन् ।

मधुवन नगरपालिका–८ कृष्ण बहादुर कार्कीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला अदालतले ०७० साल पुस २२ गते बोक्सी आरोप मुद्दा रु १० हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवाना सजाय तोकेको दिन देखि कार्की फरार रहेका थिए ।

प्रहरीले कार्कीलाई प्रक्राउ गरि जरिवाना भुक्तान गर्न अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय