प्रहरीले बरामद गरेको पटाका नष्ट ग¥यो
शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

बर्दिया, माघ १३ (फरकसमाचार)/भारतबाट अबैध रुपमा ल्याई वेवारिसे अवस्थामा राखिएको पटाका प्रहरीले बरामद गरि शुक्रबार नष्ट गरेको छ । बढैयाताल गाउँपालिका–८ कर्णालीपुल नजिक सडक बाटोमा राखिएको बेवारिसे पटाका प्रहरीले बिहीबार बरामद गरेको थियो ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले १ बोरामा विभिन्न किसिमका पटाका फेला पारेको थियो । प्रहरीका अनुसार बरामद पटाकाको मुल्य रु १२ हजार बराबरको थियो । स्थानीय जनप्रतिनिधिलगायत स्थानीयको उपस्थितमा प्रहरीले शुक्रबार बरामद पटाका नष्ट गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुधबार ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले टोलीले अबैध सामान बरामद गरि बिहीबार राजापुर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । मधुवन नगरपालिका–३ धनौरा सिमल चौक स्थित कच्ची सडकखण्डमा राखिएको अबैध सामान प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार बरामद सामान मुल्य रु १९ हजार ८ सय बराबरको छ । बरामद सामानमा किराना तथा सुर्तिजन्य पदार्थ रहेको थियो । बरामद सामान राजापुर भन्सार कार्यालयमा बिहीबार बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय