नेपाली नागरिकता लिने रवि लामिछानेको तयारी
आइतबार, माघ १५, २०७९ मा प्रकाशित

काठमाडौँ, माघ १५/रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिने तयारी गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया सुरू गर्न लागेको बताइएको छ।

रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ।

सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो। उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमाएका थिए।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर