ठाकुरद्वारामा भिल्लाको अवधारणामा रिसोर्ट
सोमबार, माघ १६, २०७९ मा प्रकाशित

बर्दिया, माघ १६ (फरकसमाचार) / बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारा नयाँ होटल संचालक हुन् २० बर्षिय युवक चिरायु थापा । होटल म्यानेज म्यान्टको अध्ययन सक्काएर पर्यटनलाई लक्षित गरी होटल संचालन गर्ने थापा कलिला होटल सञ्चालक मध्यमा पर्छन् ।

उनी डेढ वर्ष अघि देखि बर्दिया भिल्ला नामले होटल चलाईरहेका छन् । निकुञ्जको मूख्यालय नजिक परिवार सहित आएमा खान र बस्न सक्ने सुबिधा सहितको भिल्लामा सेवा उपलब्ध छ । भिल्ला निर्माणमा निकुञ्ज पूर्व कर्मचारी र संरक्षण प्रेमिको लगानी छ । संचालनको जिम्मा थापालाई दिईएको छ ।

निकुञ्ज नजिक संचालनमा ल्याएको भिल्लामा बसेर रमाउँन सकिन्छ । आधा दर्जन परिवारसहित बस्न सक्ने गरी भिल्ला निर्माण गरिएको छ । १० कठ्ठा जमिनमा भिल्ला खोलिएको छ । सुपथ र सस्तो मूल्यमा आएर बस्न सक्ने गरी कोठा प्रबन्ध मिलाईएको छ । आफैले पकाएर खाने वा होटलको खान खाएर घुमघाम गर्ने निर्णय पाहुनाले गर्न पर्छ । सस्तोमा दुई चार रात बिताउँनका लागि भिल्ला लाभान्वित हुने संचालकको भनाई छ ।

लामो समय बस्नका लागि भिल्लाको अवधारणामा भिल्ला सहितको होटल संचालनमा ल्याएको थापाको भनाई छ । ‘निकुञ्ज वरी परी नयाँ होटल खोल्ने र होटलमा ग्राहकलाई मध्यनजर गरी सेवा सुबिधामा होटल संचालकले लगानी गरेका छन्,’उनले भने,‘ परिवार सहित आएर बस्न मिल्ने गरी भिल्लाले ग्राहकलाई लाभान्वित गराउँने योजना हो ।’ भिल्लामा प्याकेज लिएर वस्न सकिन्छ । घरको चार्ज २ हजार पाँच सय । ब्रेक फास्ट पर व्यक्ति दुई सय र भेज डिनर प्रति व्यक्ति तीन सय छ । भ्रमणका लागि भिल्ला अन्यन्त्र भन्दा सस्तो भएको संचालकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय