प्रहरीले फरार कसुरदारलाई धमाधम पक्राउ गर्दै
मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

बर्दिया, माघ १७ (फरकसमाचार) / विभिन्न कसुुरमा फरार रहेका कसुरदारलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । अदालतद्वारा सजाय पाएका फरार व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गरि सजाय भुक्तान गराउन सक्रिय देखिएको हो । प्रहरीले फरार रहेका व्यक्तिलाई पक्राउ गरि अदालतमा बुझाएको छ । दुई दिनमा प्रहरीले फरार रहेको पाँच जनालाई पक्राउ गरि अदालतमा बुझाएको छ । प्रहरीले आईतबार तीन र सोमबार दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ । जसमा दुई जना लागु औषध, दुई जना चेक अनादर र एक जना भवितव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

ठाकुरबाबा नगरपालिका– ६ का विश्व थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । अदालतले थारुलाई ०७८ साल भदौ १ गते लागु औषध मुद्दामा २१ दिन कैद र १ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा जरिवाना तोकेको थियो ।

मधुवन नगरपालिका–८ का जीवन खत्रीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । खत्रीलाई अदालतले ०७२ साल चैत २ गते लागु औषध मुद्दामा रु ५ हजार जरिवाना तोकेको थियो ।

त्यसैगरी आईबार प्रहरीले फरार तीन जनालाई पक्राउ ग¥यो । मधुवन नगरपालिका–९ का मान बहादुर बाठालाई चेक अनादर मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई ०७८ साल भदौ २ गते अदालतले चेक अनादर मुद्दामा रु ३ हजार जरिवाना तोकेको थियो । बढैयाताल गाउँपालिका–८ का उपेन्द्र कुमार श्रेष्ठलाई प्रहरीले चेक अनादरकै कसुरमा समातेको छ । ०७८ साल पुस १२ गते अदालतले श्रेष्ठलाई चेक अनादर मुद्दामा रु ३ हजार जरिवाना तोकेको थियो ।

ठाकुरबाबा नगरपालिका–३ का भगवा भन्ने भग्गु थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुलाई अदालतले ०५२ साल असार ३२ गते भवितव्य ज्यान मुद्दामा १ महिना कैद सजाय तोकेको थियो । थारु २७ वर्षदेखि फरार रहेका थिए । विभिन्न मुद्दामा फरार रहेका पाँचै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए । त्यसैगरी गत साउँन १ देखि माघको पहिलो सातासम्म प्रहरीले ५९ जना फरार अभियुक्तलाई पक्राउँ गरेको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड छ । जसमा ५९ जना मध्य पुरुष ५३ जना र महिला ६ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय