स्वास्थ्य प्रवद्र्धन सेवालाई प्रभावकारी बनाउन जरुरी
बुधबार, माघ १८, २०७९ मा प्रकाशित

बर्दिया, माघ १८ (फरकसमाचार) / राज्यले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको लुम्बिनी प्रदेश निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कुवँरले बताएका छन् । स्वास्थ्य दिर्नेशनालय लुम्बिनी प्रदेशको आयोजनामा संचारकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा मंगलबार अधिकृत कुवँरले यस्तो बताएका हुन् ।

‘उपचारात्मक सेवा अस्पताल, औषधी, डाक्टर तिर मात्र हाम्रो ध्यान केन्द्रित छ’ अधिकृत कुवँरले भने,‘ स्वास्थ्य प्रवद्र्धन सेवालाई प्रभावकारी बनाए मानिस आफै निरोगी हुन्छ ।’ आजभोली मानिसमा अल्छीपन छ । कुनै कामले नजिकै जानु पर्दा मोटर साईकललागयत सवारी साधन प्रयोग गर्छन् । जसले शारीरिक व्यायाम कम हुन्छ र विभिन्न किसिमका रोग निम्तिएका छन् । मानिस निरोगी हुन दैनिक शारीरिक व्यायाम, आराम, सन्तुलित आहारको सन्तुलन मिलाउन आवश्यक रहेको अधिकृत कुवँरले जोड दिए ।

स्वास्थ्य प्रवद्र्धन सेवा प्रभावकारी भए मानिसलाई कुनै पनि रोग लाग्न पाउँदैन र त्यो मानिसलाई उपचार गराउन आवश्यक पर्दैन । मानिस बिरामी नभए उसले खर्च गर्न पनि पर्दैन । त्यसैले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकतामा राख्न अधिकृत कुवँरले सुनाए । ‘हाम्रो जिवनशैली, खानपान, आहारबिहारका कारणले पनि नसर्ने रोगको प्रकोप बढ्दै गएको छ’ अधिकृत कुवँरले भने,‘यस्तो अवस्थामा स्वास्थ्य प्रवद्र्धन सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्छ ।’

गुलरिया नगरपालिकाले स्वास्थ्य सम्बन्धि गरेको काम र आगामी योजनाको बारेमा स्वास्थ्य शाखाका प्रमुख शुनिल पाण्डेयले जानकारी गराएका थिए । व्यायाम गरेर आफुलाई सक्रिय बनाउने, खानपिनमा ध्यान दिने, जिवन शैली परिवर्तन, तनाव मुक्त र निरन्तर स्वास्थ्य जाँच गरे स्वास्थ्य प्रवद्र्धनलाई मद्दत पुग्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

औषधि र उपचार मात्र स्वास्थ्य नभै शारीरिक, मानसिक, सामाजिक र भावनात्मक स्वस्थ रहन जरुरी छ । स्थानीय तह, प्रदेश र संघिय स्तरबाट उपचारात्मक सेवाको लागि मात्र फोकस गरेर बजेट बाडफाड हुन्छ तर, स्वास्थ्य प्रवद्र्धन सेवाको कुनै ख्याल गरिदैन । अब अस्पताल, औषधी उपचारसहित ग्रिनपार्क, व्यायामशाला र साईकिलिङ जस्ता ठाउँको व्यवस्था गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय