रोकिएन तेल तस्करी
शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

बर्दिया, माघ २० (फरकसमाचार) / भारतबाट अबैध रुपमा नेपाल तर्फ हुने तेल तस्करी नरोकिएको गुनासो छ । भारतमा पेट्रोलियम पदार्थ सस्तो हुँदा खुल्ला सिमानाको फाईदा उठाउदै नेपालतर्फ धमाधम तेल तस्करी भईरहेको हो । भारतमा तेल सस्तो हुँदा भारतबाट तेल तस्करी गरि नेपालका गाउँ बस्तीका पसलमा खुल्लम खुल्ला रुपमा पाईन्छ । भारतबाट तेल तस्करी हुँदा जिल्लाका पेट्रोल पम्प व्यवसायी मर्कामा परेका छन् ।

नेपालमा हाल पेट्रोल रु १ सय ७५।५० र डिजेल रु १ सय ७२।५० छ । जिल्लाको सिमावर्ति क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी गर्दासमेत तेल तस्करी नरोकिएको अधिकांश स्थानीयको भनाई छ ।

‘आजभोलि नेपाल भन्दा इन्डियामा पेट्रोलियम पदार्थ केही सस्तोमा पाईन्छ’ सिमावर्तीका एक स्थानीयले भने,‘त्यसैले ग्यालेनका ग्यालेन पेट्रोलियम पदार्थको नेपालतर्फ तस्करी भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय