कोठियाघाट नयाँ गन्तव्य
आइतबार, माघ २२, २०७९ मा प्रकाशित

बर्दिया, माघ २२ / कर्णाली नदीको तिर कोठियाघाट शीतल छ । कोठियाघाटमा शनिवार बढि भिँड हुन्छ । पछिल्लो समय संघसंस्थाले तालिम वा गोष्ठि गर्न थालेका छन् । पिकनिक खेल्ने थलो बनेको छ । व्यस्त दैनिकिबाट छुटकारा पाउँन कोठियाघाट पुग्छन । परिवार सहित कोठियाघाट जान मनपराउन थालेका छन् ।
कर्णाली नदीको गेरुवा भंगालोमा एक किलोमिटर लामो पुल पक्की छ । देशकै लामो पुलको लम्बाई एक हजार १५ मिटर छ । हुलाकि पक्की सडक जोडिएको कोठियाघाट पुग्न सहज भईसकेको छ । कोठियाघाट वारी र पारी गरी ५० ओटा रेस्टुँरा छन् । कोठियाघाटमाा पुल बनेसँगै होटल चल्न थालेका छन् ।

खाना पाइने भएकैले पनि मुलुकका कतिपय ठाउँ चर्चित छन् त्यस्तै एउटा सुन्दर गन्तव्य बनेको छ कोठियाघाट । बाँकेबाट सुदुरपश्चिम यात्रा तय गर्ने कोठियाघाटमा रोकिन्छन् । हुलाकी राजमार्ग पक्की भएसँगै कोठियाघाटमा खाना खाएर टिकापुर पार्क घुम्छन् । स्वादमा फेर्ने मनहरु माछाको स्वादमा भुलिन्छन् । लोकल माछाका पारखी त्यहि पुग्छन । झिगा, बाम, परनी मिठा माछामा मध्यमा पर्छन । कोठियाघाट पुग्नेको पहिलो रोजाईमा महासेर माछाको स्वाद पर्छ । महासेर माछाको झोलको स्वाद ओठै टोक्ने खालको हुने चर्चा गरिन्छ । पाँच केजी देखि ३० केजीमा सम्मका महासेर माछाको तौल हुन्छ ।

काँडा कम हुने महासेर माछा स्वाद बेग्लै हुन्छ । महासेर खानका लागि बिशिष्ट पाहुना कोठियाघाट पुग्छन् । परिवारका सदस्य मिलेर चलाएका होटलमा पारिवारीक वातावरण पाइन्छ । लोकल माछाको स्वाद पाईने कोठियाघाट रमणिय छ । कोठियाघाटको पुलबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ । हात्ती, गैडा नदी विचको नर्सरीमा वस्न थालेका छन् । सधैँ शितल हुने र मिठो स्वाद पाइने भएकाले बाँके र कैलालीका मानिस बरोबर त्यहाँ पुग्छन् । लोकल कुखुराको झोल खाना सस्तो छ । कोठियाघाटमा पुल र माछा वेचेर मात्र नपुग्ने देखिन्छ । कोठियाघाटमा स्तरीय होटल आवश्यक्ता औल्याएर राम्रा होटल खुलिसकेका छन् ।

राजापुर क्षेत्र थारु समुदायको बाहुल्यता रहेको छ । थारु सस्कृतिसँग जोडिएका गतिबिधि र पर्यटनसँग जोडदा सकारात्मक सन्देश जाने बुझाई छ । राजापुरमा रहेको गणेशबाबा मन्दीर धार्मीक हिसाबले महत्व पुर्ण मानिन्छ । कोठियाघाट पुल समृद्धिको सेतु बनेर धार्मीक र थारु सस्कृतिलाई पर्यटन व्यबसायसँगै अघि लैजानु पर्ने हुन्छ । त्यहाँ तीन हजार रूपैयाँको प्याकेज होटलमा बस्न पाइन्छ । प्याकेजमा एक जोडीलाई डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ । माछा, खाना र लोकल कुखुराको मासु खानाको चार सय पर्छ ।

स्वच्छ र स्वादिलो खाना दिँदा आत्मसन्तुष्टि

 


प्रभात शाह
रिसोर्ट सचालक
कोठियाघाट पुल बन्नु अघि होटल विस्तार भएका थिएनन् । पुलसँगै हुलाकी राजमार्गसँग कोठियाघाटसँग जोडिएको छ । पर्यटन पछिल्लो गन्तव्य अवलोकन गरेर कोठियाघाट पुग्न सकिन्छ । ठाकुरद्धाराबाट कोठियाघाटको दुरी दश किलोमिटर छ । अन्तराष्ट्रिय जततमा ख्याती कमाएको डल्ला होमस्टे नजिक छ । थारु सस्कृतिको अवलोकन दशक अघि देखि माछा पाईने भएपनि बाटो र पुल थिएन । यतिबेला कोठियाघाट बाटै सुदुरपश्चिम र राजधानीको यात्रा तय गर्न सकिन्छ । दशक अघि देखि यो खाना खाने जक्सन हो । टिपिकल खाना, माछा र लोकल कुखुराको मासु पाइने भएकाले यहाँ सबै रमाउँछन् । बिदाको दिनमा बिद्यार्थीको भिँड बढि हुन्छ । बाँके र कैलालीबाट माछा खान आईपुग्छन । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय