नागरिकसँग सरोकार राख्ने विधेयक संसदमा लैजान गृहकार्य
सोमबार, माघ २३, २०७९ मा प्रकाशित

काठमाडौं, माघ २३ /सरकारले प्राथमिकतामा रहेका नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो ।

बैठकपछि जसपाका नेता प्रदीप कुमार यादवले संघीय निजामती लगायतका एक दर्जन बढी विधेयक संसदबाट पारित गर्ने ढंगले अघि बढ्ने बताएको जानकारी दिए । उनका अनुसार बैठकमा सहभागीहरुले संसदले बिजनेस नपाएको कुरा प्रधानमन्त्री प्रचण्डसँग राखेका थिए ।

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लगिनेछ । जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय