शिव सामुदायिक वनमा गैडा हेर्न सजिलो
मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

बर्दिया, माघ २४ / स्थानीयले संरक्षणमा गरेको शिब सामुदायिक बन, डल्लामा सजिलै दुर्लभ वन्यजन्तु देख्न पाईन्छ । सामुदायिक वनमा प्रबेश गरेको केही समयमा कर्मचारीले देखाउँन सक्छन् । दश मिनेटमा गैडा देखाउँन सक्ने वन हेरालु थ्यान्चु थारु दाबी गर्छन । ‘गैडा त स्वेर देखिन्छ, बाघ हेर्न समय लाग्छ,’उनले भने ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा हेर्न लागी बाक्लिने पर्यटकको भिड सामुदायिक वनमा सजिलै देख्ने भएपछि पर्यटकको आर्कषित भएका छन् ।

बर्दियामाका तीन सय भन्दा बढि सामुदायिक वन भएपनि त्यस सामुदायिक वनमा गैडाले आश्रय स्थल बनाएपछि शिब सामुदायिक वनमा पर्यटक रोजाईमा पर्दै आएको छ ।
‘सामुदायिक वनका पदाधिकारी फुर्सदको समयमा घर बस्थे, निकुञ्जका पर्यटक गैडा हेर्न आउन थाले पछि शुल्क लिई सामुदायिक वनमा प्रबेश गराउनका लागी पालै पालो गर्छन,’शिब सामुदायिक वनका अध्यक्ष मंगल थारुले भने,‘निकुञ्ज घुम्न आएका पर्यटक यँहा आउने थालेका छन ।’

पर्यटकको आगमन दिन प्रति दिन बढेको पाईएको छ । उपभोक्ताका अनुसार गैडाको चरिचरनको लागी घासे मैदान, पोखरीको व्यबस्थापन भईसकेको छ । बिहान ८ बजे र बेलुका ५ देखी ६ बजे सम्म समयमा सामुदायिक वनमा गैडा देख्न सकिन्छ सामुदायिक वनका अध्यक्ष थारुले बताए । ‘पर्यटकिय क्ष्ाँत्रको रुपमा बिकास गर्ने लक्ष्य लिईएको छ’,थारुले भने,‘पर्यटकहरुलाई यँहा स्वागत छ’ गैडा छ भन्ने प्रचार प्रसार भएपछि छोटो समयमा नै आन्तरिक र बाह्य पर्यटकको चहल पहल बढेको थारुले जानकारी दिए । ३८ वटा गैडा छन् भने ४ वटा गैडा भारतमा छन् । ८ वटा सधै शिब सामुदायिक वनमा देखिन्छन् ।

सदरमुकाम गुलरिया देखी गैडा हेर्न गएका समिम अन्सारीले ५० मिटरको दुरीमा गैडा देखेको बताए । निकुञ्ज घुमे पनि लामो दुरी तय गरेर हिडेमा मात्र संयोग बस गैडा देख्न सकिने अन्सारीले अनुभव सुनाए । शिब सामुदायिक वनमा आन्तरिक पर्यटकका लागी १० र बाह्य पर्यटकका लागी २ सय प्रबेश शुल्क लिने गरिएको छ । शिव सामुदायिक वनमा ७ वटाले गैडाले आश्रय स्थल बनाएको निकुञ्जले जनाएको छ ।

पर्यटकले चाहेको ठाउ बाट गैडा हेर्नका मचानहरु भएको उनले जानकारी दिए । ‘पर्यटकलाई भित्राउन प्रचार प्रसारका लागी यहाँ आउँने पाहुनालाई अनुरोध गर्ने गरेको छु’उनले भने । उनका अनुसार निकुञ्जमा आउने पर्यटक धेरै जसो आउने गरेका छन ।

गैडालाई चाहिने घासे मैदान पानी र सुरक्षाका लागी खटिने वन हेरालु अहोरात्र खटिने गरेको अध्यक्ष थारुले बताए । निकुञ्जमा हेर्न नपाउने पर्यटक यहाँ आएर गैडा हेरेर फर्कने गरेका छन् ।

पर्यटकलाई सेवा दिनका लागी गोल घर, दुई वटा मचान दिन भरि कर्मचारी खट्ने गरेका छन् । उक्त सामुदायिक वनले होमस्टे संचालन गरेको छ । १ नम्बर देखि २२ नम्बरका होम स्टेमा पाहुनालाई राम्रो स्वागत गर्ने गरेको आन्तरिक पर्यटक निशा सर्माले बताईन । ‘यहाँ संचालन होमस्टे व्यबस्थित छन्’उनले भनिन, ‘थारु सास्कृतिक हेर्दा बहुत आनन्द र मनोरन्ज लिन सकिन्छ,’ । उनका अनुसार उक्त होमस्टेमा आउँने पाहुनालाई वनका पदाधिकारिले जंगलमा रहेका दुर्लभ वन्यजन्तु र थारु सस्कृतिको अवलोकन गराउँने गरेका छन् । शिब सामुदायिक बिबिसि च्यानलमा नवौ स्थानमा छनोट भईसकेको छ ।

‘वन पदाधिकारी गरेको काम धेर सह्रानिय छ,’उनले भने, ‘सबैले वन संरक्षण गर्न सके आर्थीक, रुपमा पनि सम्पन्न हुन सक्ने शिब सामुदायिक वन उदाहरण बनेको छ ।’ जिल्ला वन कार्यालयको निगरानी रहेको उक्त बनजन्तुले आश्रय स्थल बनाएको नमुना वनमा पर्दछ । वन प्रबेश शुल्क आन्तरिक पर्यटकलाई ५० रुपैयाँ र बाह्य पर्यटक तीन सय रुपैया शुल्क लाग्छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर