डल्ला गाउँ होमस्टे नम्बर १४ !
बुधबार, माघ २५, २०७९ मा प्रकाशित

बर्दिया, माघ २५ / २०७२ चैत ८ गते डल्ला गाउँ चर्चित बन्ने अवसर पायो । त्यहि दिन बेलायतका राजकुमार ह्यारी डल्लागाउँको १४ नम्बर होमस्टे पुगेका थिए । ह्यारी डल्ला पुगेको खबर फैलिदा होमस्टेले समृद्धीको यात्रा तय गर्यो । थारु समुदायले चलाएको डल्ला होमस्टे आर्कषक छ । होमस्टेमा १ देखि २२ सम्म नम्बरिङ गरिएको छ । कुमालको एक घर बाहेक सबै थारु समुदायका होमस्टे छन् डल्ला गाउँमा । १४ नम्बर होमस्टेमा बिशिष्ट पाहुना पुग्दा अलि चर्चित छ । होमस्टेका कारणले डल्ला गाउँ नै आन्तरिक पर्यटनको केन्द्र बिन्दु बन्दै छ ।

१४ नम्बर होमस्टेकि संचालक चम्फी योगी गदगद छिन् । उनले ह्यारीसँग गरेको कुराकानी मानसपटलमा अझै ताजा छ । बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने क्रममा डल्लाको १४ नम्बर होमस्टे पुगेर सुष्म अवलोकन गरेका थिए । त्यस बेला देखि डल्ला होमस्टेको नाम देश बिदेशमा चिनिन थालेको छ । चम्फि भन्छिन,‘ ह्यारी आएको होमस्टे कुन हो भन्दै खोज्दै आउँछन्, खुसी लाग्छ ।’

हयारीले गोबर ग्यास प्लान्ट, धुँवारहित चुलो र होमस्टेका कोठा अवलोकन गरेको उनले सुनाईन । ‘गोबर ग्यासमा चुलो बालेर देखाएँ, चम्फी भन्छिन्, ‘वातावरण मैत्री देखेर होला उहाँ खुसी हुन भयो ।’ चम्फीसँग गफगफामा १४ नम्बर होमस्टेमा २० मिनेट ह्यारीले बिताएका थिए ।

डल्ला गाउँमा धरिथरिका पाहुनाले पाइला टेकिसकेका छन् । देश/विदेशबाट आएका पाहुना निकुञ्ज घुमेर डल्ला गाउँ पुग्ने धेरैलाई खाना खुवाइसकेकि छिन् । चम्फीका लागि ह्यारी बिशिष्ट पाउँन मध्यमा पर्छन । देश र बिदेशका सेलिब्रेटि पाहुना होमस्टे आगनमा पुग्ने धेरै छन् । गफगाफमा भुलेका ह्यारी संरक्षणका बारेमा जिज्ञाशु बनेको जम्फी सुनाउँछिन् ।‘उहाँसँग गरेको कुरा धेरैलाई सुनाईसके, वार्तानै कन्ठस्थ भईसकेको छ,’उनले भनिन,‘ह्यारी आएकै कारण देश बिदेशमा डल्ला गाउँ चिनियो ।’

होमस्टे पुग्नु अघि ह्यारी बर्दिया निकुञ्ज घुमिसकेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धाराको प्रबेशद्धारबाट ९ बजेर २० मिनेटमा बिहानको समयमा ह्यारी निकुञ्ज भित्र पसेका थिए । निकुञ्ज भित्र बाघ मचान, तिनकुने र कर्णाली नदीमा र्याफटिङ गरेर चार घन्टा बिताए पछि अर्को गन्तव्य डल्ला होमस्टे पुगेका थिए । डल्ला होमस्टे पुगेका ह्यारीलाई पाँच कन्याले स्वागत गरेका थिए । उर्वसी, उसा, कृर्तिमा, सुविक्षा, सुजिता योगी पाँच कन्याले टिका लगाई नमस्कार गर्दा उनी खुसी भएको स्मरण ताजै छ डल्ला गाउँमा । ह्यारीका सुरक्षाका लागि खटिएका नेपाली सेना र प्रहरी निशस्त्र खटिएकाले होमस्टेका वातावरण रोमान्चक बनेको स्थानीय बताउँछन् । निकुञ्ज घुम्ने क्रममा ह्यारी बर्दियाको निकुञ्जमा अवलोकनको क्रममा गैडा र हात्ती दखेका थिए । बाघ बनेर क्यामरामा कैद भएको तस्बिर भाईरल बनेको थियो ।

निकुञ्ज भित्र र्याफट गर्दा गैडाको चहल पहल देखेका थिए । उनले संरक्षणप्रति आफ्नो चासो र चिन्ता बारेमा धारणा राखेको पूर्व वार्डेन रमेश थापाले सुनाए ।
होमस्टे अध्यक्ष परशुराम ढाका टोपी र स्टकोट लगाइदिएका थिए भने फर्किने क्रममा चम्फीले फूलमाला लगाएर बिदा गरिन् । डल्लामा ०६७ फागनु १७ देखि होमस्टे सुरु भएको थियो । सामुदायिक होमस्टेका अनुसार हालसम्म करिब ५० हजार पर्यटक बास बसेका छन् । बासनवसि दिउसो घुमेर मात्र फर्कनेको संख्या पाँच लाख छ ।

होमस्टेका ९९ प्रतिशत ग्राहक नेपाली हुन् । ’होमस्टे चल्छ कि चल्दैन भन्ने दोधारमा थियो’, परशुराम सम्झन्छन् तर राम्रो गति लियो ।’ गोष्ठी, सेमिनार, पारिवारीक भ्रमण गर्न आउँनेले होमस्टे चलाएको चौधरी स्मरण गर्छन् ।

होमस्टेमा बसेर शिव सामुदायिक वनमा सफारी गर्न पाइन्छ । निकुञ्जभित्र सफारी गर्ने व्यवस्था पनि होमस्टे संचालकले मिलाउँने गरेका छन् । माछा, लोकल कुखुरा मुसाको पकुवा, महुवाको रक्सी लगायत परिकार डल्ला गाउँका होमस्टे संचालकले पस्किन्छन् । सामुदायिक भवनमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्यले पाहुना रमाउँने गरेका छन् ।

होमस्टे पर्यटनबाट गाउँले खुशी छन् । उनीहरूमा चेतनास्तर बढेको पाईन्छ । पाहुनालाई स्वागत गर्नकै लागि भएपनि डल्ला गाउँ सफा राख्न समुदायको लगाव बढेको छ ।

होमस्टेको मेनु

सादा खाना रु १ सय ७०, लोकल कुखुराको मासु र खाना रु तीन सय ५०, बेड ः ८ सय, खसीकोमासु र खाना रु चार सय छ । थ्यान्चु थारु सामुदायिक वन प्रबेश शुल्क आन्तरिक पर्यटक रु ५० र बाह्य पर्यटकको लागि रु ३ सय छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय