गुलरिया बजारमा एक हजारको नोट नक्कली !
आइतबार, माघ २९, २०७९ मा प्रकाशित

बर्दिया, माघ २९ (फरकसमाचार) / बर्दिया जिल्लाका केहि ठाउँमा एक हजार रुपैयाको नक्कली नोट फेला पर्न थालेको खुलासा भएको छ । विभिन्न ठाउँबाट कलेक्सनका बेला नक्कली नोट फेला पारे निजी बंैकले गोप्य राखेका छन् ।

राजश्व जम्मा गर्ने ठाउँमा फाट्टफुट्ट देखिएपछि बैकका कर्मचारी टाउँको दुखाई बनेको छ । निजी बैकले मालपोत, बिद्युत जस्ता सरकारी कार्यालयमा राखिएको ठाउँबाट राजश्व संकलनका बेला नक्कली नोट फेला परेको हो । तर, नक्कली नोट भेटिएपनि ल्यावमा पुष्टि नभएसम्म सार्वजनिक गर्न नमिल्ने भएकाले गोप्य राखिएको छ ।

नक्कली नोट सटहि गर्ने गिरोह राजश्व संकलन गर्ने एक दुई वटा नोट साटेर कारोबार गरिरहेको खुलासा भएको हो । नक्कली नोटका कारण बैकका कर्मचारी पिडित बनेका छन् । कलेक्सन गर्दा भेटिएको नक्कली नोटका सम्बन्धित कर्मचारी तिर्न पर्ने व्यबस्था बनेकाले सजगता अपनाउँन जरुरी भएको औल्याइएको छ । बैकको कलेक्सनका बेला नक्कली नोट भेटिएको नाम नखोल्ने शर्तमा बैकका प्रबन्धकले पुष्टि गरे । ‘हामीले यसै भन्न मिल्दैन’ प्रबन्धक भन्छन्, ‘ल्याबबाट आधिकारी प्रमाण सहित पुष्टि भएपछि बल्ल सार्वजनिक गर्छौं ।’

नक्कली नोट गिरोह चपेटा आम सर्वसाधारण पर्ने बढ्दै गएको समेत उनले खुलासा गरे । नेपाल र भारतको खुला सीमाका कारण समय नियन्त्रण नभए नक्कली नोटको कारोबारले भयाभय रुप लिन सक्ने अनुमान गरिएको छ । यस अघि पनि नक्कली नोटको कारोबार भईरहेपनि खुलासा भएपनि कहाँबाट कसरी नोट भित्रिरहेको बारेमा गहिरो अनुसन्धान अपराधिक समुह फेला पर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय