अबैध काठ बरामद प्रकरणः सीमा क्षेत्रमा काठ तस्करी
मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २ (फरकसमाचार) / डिभिजन वन कार्यालयको टोलीले गुलरिया नगरपालिका– ९ स्थित शिब समिलमा पटक पटक छापा मार्यो । भारतको संरक्षित जंगल र सामुदायिक वनबाट काठ भित्राएर अबैध रुपमा भईरहेको कारोबार रोक्न गोप्य सूचनामा परिचालिनत हुने वन कार्यालयको टोलीको छापा प्रकरण शैलि सह्रानिय छ । तर,काठ बरामद हुँदा समेत मिल मालिक पक्राउँ गर्न नसक्नुमा पर्दा पछाडिको शक्ति सामु वन डिभिजनको नेतृत्व निरिह बनेको होकि भन्ने आंशका व्याप्त छ । उता, गुलरिया ९ स्थित शिव समिलमा मात्र पटक पटक छापा मार्नुको पछाडी वन डिभिजन कार्यालयको ईन्टेशनमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

डिभिजन वनले गुलरिया ९ मा रहेको शिब समिलमा छापा मार्दा अबैध काठ बरामद गरेको थियो । लामो समय वित्दा समेत मालिक पक्राउ गर्न नसक्नुमा कर्मचारीको मिलिमतो हुन सक्ने आंशका गरिएको छ । भारतसँगको खुला सीमामा काठ तस्करी मिलोमतो विना सम्भव छैन । सेटिङमा हुने र भईरहेको तस्करीमा तै चुप मै चुप जस्तै छ । स्थानीय सरोकारवाला निकायले गर्ने नजर अन्दाज र मिलिमतो विना तस्करी हुन नसक्ने स्थानीय दाबी गर्छन । अबैध काठ भित्राउँन देखि चिरान गरी अन्यन्त्र पठाउँदासम्म मिलाउँन पर्ने कागजातमा वनका कर्मचारी संलग्न हुने गरेको खुलासा भईरहेको छ ।

स्टक परिवर्तन, चुस्त गस्ती नहुनु र काठ मिलमा नियमित अनुगमन नहुदा पछिल्लो समय सीमा क्षेत्रमा संचालन भएका मिलमा अबैध काठ भित्रिएको डिभिजन कार्यालयको छापा प्रकरणबाट पुष्टि हुन्छ । तर,छापा मारेर काठ बरामद गरेपनि पक्राउँ गरी कारबाहीको पक्रियामा ल्याउँन ढिला सुस्ती गर्दा भित्रि शक्तिले गम्भीर चलाखी गर्ने गरेको आरोप छ । काठ तस्करी भईरहेको सूचनाको आधारमा छापा मारेर बरामद गर्ने प्रकण हात्तीको खाने दात छुट्टै हुन्छ भन्ने उक्तिसँग चरितार्थ भएको छ । समिलमा छापा मार्दा अबैध काठ बरामद भएको डिभिजन वन अधिकृत प्रविण विडारीले बताए । उनका अनुसार शिव समिलको केषमा डिभिजन वन खैरापुरले आवश्यक कानुनी प्रक्रिया पुरा गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।

वन कर्मचारीको मिलिमतोमा अदालतसम्म मुद्दा पुराउँदा कमजोर बनाएर मिलिमतोमा गर्ने गरेको स्रोतको दाबी छ । अबैध काठ मिलसम्म पुग्दा र अदालतको प्रक्रियासम्म मुद्दा पुग्दाको प्रक्रियामा कर्मचारीले कमजोर मुद्दा पेश गर्ने परम्पराले सजिलै दोषिले उन्मुक्ति पाउँने गरेको स्थानीयको आंशका छ । शिब समिलको छापा प्रकरणबाट बरामद भएको अबैध काठको बिषयमा बबई शव डिभिजन, मगरागाडीका सहायक वन अधिकृत ज्ञान चौधरीले आवश्यक कानुनी प्रक्रिया अघि बढेको बताए । ‘हामीले सरकारी वकिल कार्यालयसम्मका लागि अहिले कानुनी कागजातको प्रक्रिया अघि बढाएका छौ’उनले भने,‘हामीले पटक पटक खोजी गर्दा समेत शिब समिलका मालिक फरार छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय