‘रिनले महिलामा त्रासदि ल्याएको छ’
बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ४(फरकसमाचार) / गुलरिया नगरपालिका –४ वस्ने ४२ वर्षकि ज्ञानुमाया रिजाल लघु बित्तले लगानी गरेको रिनको खिलापमा हिँडेको बर्षौ भयो । एउटै मात्र लघु बित्त नभई दर्जनौ लघु बित्तले महिला समुह बनाएर खुन र पसिनाले कमाएको बचत माथी गिद्दे नजर लगाउँदा उनलाई सह्य भएन ।
रिजाल चिच्याईन कराईन । जत्ति चिच्याएपनि सुन्ने वाला कोहि भएन, लघु बित्तले लगातार रिन प्रबाह गरिरह्यो । एक वर्ष वित्यो, दुई वर्ष बित्यो समय बित्दै जादाँ अधिकांश महिला लघु बित्तले दिएको रिनको तनावबाट गुज्रन बाध्य भए । रिन खाएका महिलाको सेल फोनमा छिन छिनमा बज्ने घण्टीले घर र समाजमा त्रासदि ल्याएको छ ।

फलस्वरुप अहिलेको अवस्थामा लघु बित्तको रिनि महिला ठूलो समस्यामा परेका छन् । कतिपय महिलाले आफुले वचत गरेको रकम पाएका छैनन्,कसैले व्याज र स्याजको सामना गर्न नसक्दा हिंसामा पर्दै आएका छन् । एउटै महिलाले दर्जनौ समुहबाट रिन लिएका छन्,त्यै रिन तिर्न नसक्दा समुहमा बस्ने सयौ संख्याका महिला प्रताडित छन् ।

गुलरिया बजारमा कतिपय महिलाले रिन तिर्न नसक्दा घर भाँडियो । रिनको कारणले हिंसामा पर्दा घर र बास दुबै छाड्ने बाध्यतामा परे । तर,यिनै रिजालले लघु बित्तको रिन नखानुस भन्ने आवाज उठाईरहदा समेत वास्ता नर्गनु दुखद थियो त्यतिबेला । समाजका लागि निस्वार्थ लागि परेकि रिजालको आवाज बिहिन बन्यो । उनको आवाज सार्थक तुल्याउँने फरक समाचार मिडिया हाउसले पटक पटक न्यूज ब्रेक गर्यो । फ्लोअपमा उत्रियो,सयम वित्यो अवस्था उस्तै रह्यो । रिजालको लघु बित्तको रिन प्रबाहको विरुद्धको अथक प्रयास बालुवामा पानी हाले सरह भयो । लघु बित्तको रिनबाट महिलालाई उकास्न र रिनबाट वचाउँन उनको सहयोगि भुमिका सह्रानिय छ ।

रिनको चक्रवति व्याजको सामान गरिहेका अबोध महिलालाई मिठो बोलीको वचनले घाउँमा मल्हम मात्र रिजालले लगाईननकि रिनबाट उकास्न नगद नै सहयोग गरेको पिडित महिला स्मरण गर्छन ।

‘रिजालले दिदिले कतिपय पिडित महिलालाई रिनबाट उकास्न सहयोग गर्नु भयो ,’उनले भनिन्,‘समुहमा जबरजस्ती राख्ने प्रचलनले रिन मुक्त हुन नसकेको अवस्था हो ।’ एक दशक देखि लघु बित्तले समुह बनाएर रिन लगानि गरिरहेको छ । लघु बित्तको रिनको बजार यसरी फैलाएको छ कि गृहणि महिलाको वचत समेत फसेको छ ।

समुह नपुगेमा जवरजस्ती नाम समावेश गर्दा एक एक गरि नयाँ साना व्यबसाय सुरु गरेका महिला चंगुलमा पर्ने गरेको डाटाले देखाउँछ । लामो समय देखि लघु बित्तले समुहले लगानी गरिरहेको रिन प्रबाहको बिरुद्ध आवाज किन उठाईरहनु भएको भन्ने सम्बाददाताको प्रश्नमा रिजाल भन्छिन,‘समुहमा लगानी गरेर सबै महिला एक घान पिस्न नमिल्ने मेरो तर्क हो,तर समुहमा बसेका महिलाको विचल्ली देख्दा लघु बित्तको रिन लगानीमा मेरो आक्रोष हो ।’

असरल्ल लघु बित्त मर्ज भएर व्यबसायिक महिलालाई लगानी गर्नु पर्ने उनको भनाई छ । जवरजस्ती समुह बनाएर रिन लगानी गर्ने लघु बित्तको रिन प्रबाह लुट्ने प्रबृति भएको रिजालले संज्ञा दिईन । एउटालाई रिन दिँदा अर्को महिलाको वचत फस्ने रणनिति बनाएर गरिएको रिन लगानी बिरुद्धको चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर