बर्दिया, फागुन ५ (फरकसमाचार) / दुई दिनमा विभिन्न कसुरमा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका दुई जनालाई बिहीबार र दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दाका फरार मधुवन नगरपालिका–५ का विकाश नेपाली र लागु औषध मुद्दाका गेरुवा गाउँपालिका–५ का हिक्मत शाहीलाई प्रहरी बिहीबार नियन्त्रणमा लिई अदालतमा बुझाएको थियो ।
त्यसैगरी गुलरिया नगरपालिका–११ का राजेन्द्र प्रसाद कुर्मी र बाँसगढी नगरपालिका–६ का सुदिप गुरुङलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
अदालतले ०७८ साल चैत २९ गते कुर्मीलाई लागु औषध मुद्दामा २ वर्ष ४ महिना २७ दिन कैद र रु ४ सय जरिवाना तोकेको थियो । त्यसैगरी अदालतले गत असार १४ गते चोरी मुद्दामा २ महिना ५ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो ।
अदालतले सजाय तोकेको दिन देखि दुवै जना फरार रहेका थिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।