बर्दियामा १० जना कैदीहरुको सजाय मिनाहा
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ८ (फरकसमाचार) / प्रजातन्त्र दिवसको अवसरमा १० जना कैदीहरुको सजाय मिनाहा भएको छ । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा १० जना कैदीबन्दीहरुको सजाय मिनाहा भएको हो । ९ जना पुरुष र १ महिलाको सजाय मिनाहा भएको छ ।

कारागारमा कैद सजाय भोगिरहेका १० जना कैदीको सजाय मिनाहा भएको कारागार कार्यालय गुलरियाका जेलर सन्तोष विकले बताए । ‘असल अचारण, नकारात्मक सुचीमा नपरेका र इमानदारीको आधारमा १० जना कैदीहरुको सजाय मिनाहा भएको छ’ जेलर विकले भने,‘चोरी र बहुविवाह मुद्दामा ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीको मात्र सजाय मिनाहा भएको छ ।’ चोरी र बहुविवाह बाहेक अन्य मुद्दाका कैदीबन्दीको सजाय मिनाहा नभएको जेलर विकले जानकारी दिए ।

प्रत्येक वर्ष प्रजातन्त्र दिवस र संविधान दिवसको अवसरमा राज्यले असल अचारणको आधारमा कैदीहरुको सजाय मिनाहा गर्ने गरेको छ । गत आठौं संविधान दिवसको अवसरमा बर्दियाका ६ कैदीहरुको कैद सजाय मिनाहा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय