मेरो बर्दिया नेतृत्वको आत्ममा भए समग्र विकास हुने : लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना
बुधबार, फागुन १०, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, फागुन १०/ मेरो बर्दिया भन्ने भाव नेतृत्वको आत्ममा भए जिल्लाको समग्र क्षेत्रको विकास भई उन्नति प्रगति हुने लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले बताएका छन् । बर्दिया क्षेत्र नंम्बर २ को (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तिमिल्सिनाले संचारकर्मीहरुसंगको भेटघाटमा यस्तो बताएका हुन् । मेरो भन्ने भाव नेतृत्वमा भए मात्र जिल्लाको समग्र क्षेत्रको विकास हुन्छ । मेरो ठाउँको समग्र विकासको लागि जब नेतृत्वपंक्तिले परिकल्पना गरेर काम गर्छ, तब मात्र समग्र क्षेत्रको विकास सम्भव हुने लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनाले बताए छन् ।

‘हाम्रो जिल्ला विभिन्न क्षेत्रमा धेरै सम्भावना बोकेको जिल्ला हो’ लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिनाले भने,‘तर हामीले आफ्नो जिल्लालाई व्यवस्थित बनाउन सकेका छैनौं ।’ यदि हामीले आफ्नो जिल्लामा समग्र विकास गरेर पहिचान गराउन सक्दैनौं भने हामीले आफ्नो अस्तित्व गुमाउँछौं । त्यसैले यहाँका समास्यालाई समाधान गर्न नेतृत्वपंक्ति देखि लिएर सबै एकजुट हुन प्रदेश सभा सदस्य तिमिल्सिनाले आग्रहसमेत गरे । जिल्लामा रहेका समस्यालाई समाधान गर्न संचारकर्मीसंग भेटघाट गर्ने तिमिल्सिना पहिलो प्रदेश सभा सदस्य हुन् ।

जिल्लाको समग्र क्षेत्रको विकासको लागि आफु गम्भिर रहेको जनाएका छन् । राजनीतिक दलले विभिन्न नारा लगाउदै चुनाव जित्ने तर, समस्याको समाधान तर्फ कसैले ध्यान नदिएको प्रति उनले आपत्ति जनाए । जिल्लाको यावत समस्यालाई समाधान गर्न आफु संचारकर्मीको साथमा रहेको सुनाए ।

‘हामी सुगम क्षेत्रमा छौं’ प्रदेश सभा सदस्य तिमिल्सिनाले भने,‘जिल्लामा विकास भएको छ, तर जति हुनुपर्ने हो त्यो भएको छैन ।’ छिमेकी जिल्लाका शहरहरु विकसित भएका छन् तर, हाम्रो जिल्लाका शहरहरु अझै पछाडि परेको टिप्पणी गरे । मधुवन देखि लाठुवा घाट जाने बाटोमा भएका दुई वटा बिरुवाले पिच अलपत्रमा परेको छ । बिरुवा कटान भएको छैन । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न, लालपुर्जा वितरण, बाटो निर्माणलगायतका धेरै समस्या छन् । यी समस्याको समाधानको लागि संचारमाध्यमले आवाज उठाउन आग्रहसमेत गरे ।

आफु प्रदेश सभा सदस्यको जिम्मेवारीमा नरहँदा देखि नदि नियन्त्रण, मानव र वन्यजन्तु बिच अन्तर द्वन्द्व समाधानलगायत विकासका काममा योगदान पु¥याएको र अहिले जिम्मेवारीमा रहँदा पनि निरन्तर यी काममा लागिरहेको प्रदेश सभा सदस्य तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर