बर्दिया,फागुन १० (फरकसमाचार) / भोट माग्दा जनता जर्नादन हुन उक्ति आत्मसाथ गर्छन नेता । ति नेता जनप्रतिनिधि चुनिएपछि नयाँ ग्रहबाट प्रकट भएको अनुभुति दिलाउँदा धेरै जनता दुखी देखिन्छन् । जबकि चुनावमा मोहर लगाउँने जनता हुन भन्ने सम्म बिर्सन्ने धेरै नेता छन् । जनतालाई गर्ने रैति व्यबहारले पाँच बर्से कार्यकाल भरी दुःख झेल्नु जनताको नियति बनेको छ । स्थानीय सरकारका प्रमुखले जनतालाई भिकारीको लाईसेन्स दिन्छन भन्दा विश्वास नलाग्न सक्छ ? राज्यको ढुकुटी मासेर जथाभावि गर्ने जनप्रतिनिधिले भोट दिएका जनतालाई भिकारीको लाईसेन्स दिने गरेको तथ्य खुलेको छ । विभिन्न कारणले सहयोग माग्न जादा भिख माग्न जाने बातावरण बनाएर लेटर प्याडमा स्टाम सहित पत्र लेखेर पठाउँने गरेको पाईएको छ ।
जनताको दुःख र सुखमा साथ दिनु पर्ने स्थानीय सरकारको मुल मर्म हो । गाउँ गाउँमा सिंह दरवार भन्ने नारालाई जनतासँग गरिने यस्तो व्यबहारले लाजमर्दो गरी जनप्रतिनिधि बर्खिलापमा उत्रिएको देखिन्छ । बासगढी नगरपालिका ८ बस्ने सोमै थारु बिपन्न परिवार मध्यमा पर्छन । उनी यति बेला दमको रोगले लामो समय देखि ग्रस्त छन् । चार कट्ठाका मालिक सोमैको समाजमा राम्रै ईज्यत छ । उनले माग्दा सयौ भोट खस्छ । जसले गर्दा चुनावमा जित्न मद्दत पुग्छ । तर,निरक्षरको फाईदा उठाउँदै तिनैलाई नगरपालिका ८ नम्बर वडा सरकारले भिख मागेर औषधि गराउँन लाईसेन्स दिएको छ । लेख पढ नगरेका उनलाई बासगढी नगरपालिका ८ कार्यालयको लेटर प्याडमा रोगको अवस्था उल्लेख गरेर भिख माग्न पत्र लेखिदिएको भेटिएको छ । लामो समय उपचार गराउँदा बेर्खर्चि भएका सोमै घर गाउँ डुलेर सहयोग माग्न वडा कार्यालयको लेटर प्याड लेखिएको पत्र लिएर घर घरै जादा बल्ल वास्तविकता बुभ्mन थालेका छन् ।
तर,स्थानीय सरकारको मर्म विपरीत उनलाई भिखारीको लाईसेन्स बनाई दिएकोमा भने सोमै अनभिज्ञ छन् । निरक्षर सोमै वडा कार्यालयले बनाईदिएको भिख माग्ने लाईसेन्स लिएर घर घरमा सहयोग याचना गर्दा भने जनतालाई भिखारी बनाउँने कस्तो सरकार हो भन्न प्रश्न उठेको छ । फरक समाचार संबाददाता प्रति प्रश्न गर्दै वडा सरकारले भिख माग्ने लाईसेन्स बनाईदिएको भन्दा भने सोमै अचम्भित भए । सोमैका अनुसार वडा सरकारसँग औषधिका लागि केहि रकम आवश्यक्ता परेको उल्लेख गरेको निबेदन दिएका थिए । तर,सरकारले सहयोगको सट्टा लेटर प्याडमा लेखेर अरुसँग सहयोग माग्नका लागि पत्र दिएर पठाएको भन्दा बल्ल दंग भए । सहयोगका लागि पत्र बनाईदिएको भन्नु भन्दा वडा सरकारले भिखारी बनाएको बल्ल उनको बुझाईमा परेको छ ।
मलाई धेरैजनाले गाउँ र घरको भनेर त्यत्तिकै सहयोग गरेको उनले सुनाए ।‘मलाई परेको बिपत्तिलाई वडा सरकारले भिखारी बनाएको रहेछ, बल्ल बुझे,’उनले फेरी दोहोराए । बाँसगढी नगरपालिका ८ को वडा सरकार एउटा प्रतिनिधि पात्र यतिबेला बनेको छ । सहयोग याचनाका लागि दिएको निवेदनमा स्थानीय सरकारले यस्ता किसिमका पत्र बनाएर पानी माथीको ओवानो बन्न खोज्नु बिडम्बना हो । दिर्घरोगीको लागि मासिक भत्ताको निति नियम अख्तियारको गरेको बेला बिपन्न परिवारको पिडा माथी स्थानीय सरकार जालझेल गर्नु दुःखदायी कुरा हो । तिन तहको सरकार मध्यमा बढि जिम्मेवार स्थानीय सरकारले जनतासँग गरिने यस्ता त्रुटि सच्चाएर जनतालाई सर्वपरी ठान्नु पर्ने देखिन्छ ।