शिव बहुउद्देश्यीय सहकारीको अध्यक्षमा थारु निर्वाचित
बुधबार, फागुन १०, २०७९ मा प्रकाशित

हरि गुरुङ्ग

बर्दिया, फागुन १० / मधुवन नगरपालिका–१ सुर्यपटुवामा रहेको शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा सिताराम थारु निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा थारु निर्वाचित भएका हुन् । थारुले ८ सय ९८ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्दी चन्द्र बहादुर स्वाँरले ८ सय १ मत प्राप्त गरेका छन् । थारु ९७ मतान्तरले वियजी भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा गोरी दमाईले ८ सय ८३ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनको प्रतिद्वन्दी विष्णु गौतमले ७ सय ८० मत प्राप्त गरेका थिए ।

दमाई १ सय ३ मतान्तरले विजयी भएका छन् । कोषाध्यक्षमा काशीराम थारु, सचीवमा दिल्लु चौधरी र संचालक समितिमा शशीराम विक, लक्ष्मी खड्का, मिश्रीलाल थारु, सिरानी थारु, श्रीदेवी चौधरी निर्विरोध चयन भएका छन् । सहकारी जिल्ला प्रतिनिधिमा मदन ज्ञवाली, सहकारी केन्द्रिय प्रतिनिधि सुरेश नेपाल र सहकारी बैंक प्रतिनिधि प्रशु राम चौधरी समेत निर्विरोध चयन भएका छन् ।

लेखा समिति तर्फ संयोजकमा मंगल थारु निर्वाचित भएका छन् । उनले ८ सय ५६ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्दी पुर्व अध्यक्ष राम बहादुर थापाले ८ सय मत प्राप्त गरेका हुन् । लेखा सदस्यमा सुस्मा बोहरा र पुष्पा चौधरी, संचालक समितिमा क्षेत्र नं.–४ खुल्लाबाट गोविन्द थारुले १ सय ७६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनको प्रतिद्वन्दी सम्झना योगीले ६९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं.–७ खुल्लाबाट उमा थारुले १ सय ४९ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी केशर बहादुर भण्डारीले ७७ मत प्राप्त गरेका छन् । शिव बहुउद्देश्यीय सहकारी संस्था लि. मधुवन नगरपालिका –१ सुर्यपटुवामा ३ हजार १ सय ३६ जना शेयर सदस्य रहेका छन् । १ हजार ७ सय ९२ मत खसेको निर्वाचन उपसमिति संयोजक ईन्द्र बहादुर सुनारले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय