चितुवाको आक्रमणमा परि ३ जना घाइते
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ११ (फरकसमाचार) / चितुवाको आक्रमणमा परि तीन जना घाईते भएका छन् । बुधबार चितुवाको आक्रमणमा परि तीन जना घाईते भएका हुन् । मधुवन नगरपालिका –२ बंगालीपुरका ७० वर्षिय फूलराम चौधरी, १५ वर्षिय विनायक चौधरी र डिभिजन वन कार्यालय कर्मचारी ४० वर्षिय धर्मराज चौधरी घाइते भएका छन् ।

घाइते मध्य ७० वर्षिय फूलराम चौधरीको बर्दिया अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोमा घाउ छ । सामान्य घाइते अन्य दुई जनाको सुर्यपटुवा स्वास्थ्य चौकीमा उपचार भएको जनाईएको छ । उनीहरुको हात र ढाडमा नंग्राले चिथोरेको घाउ छ ।

बाख्रा चराउने क्रममा फुलराम थारुमाथि चितुवाले आक्रमण गरेको थियो । आक्रमणपछि स्थानीयले होहल्ला गरेपछि चितुवा झाडीमा भागेको थियो । चितुवाको खोजीका लागि वन कार्यालयको टोलीसहित स्थानीय पुग्दा पुनः चितुवाले आक्रमण गरि अन्य दुई जना घाइते भएको डिभिजन कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि वन्यजन्तुको आक्रमणबाट यस क्षेत्रका बासिन्दा प्रभावित भएको जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले विज्ञप्ति जारी गर्दै मधुवन क्षेत्रमा भइरहेको वन्यजन्तुको आक्रमण र बालीनाली क्षति रोक्न तत्कालै तारबार लगाउन मागसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय