‘पाठोको लागि लिएको ऋण, हात्तीको रकम बुझादाँ पनि छुट्टी छैन’ : दुर्गा प्रसाई
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १२ (फरकसमाचार) / लघुबित्त र सहकारीबाट बाख्राको पाठो किन्न लिएको ऋण हात्ती किन्ने रकम बुझाउँदा पनि छुट्टी नदिने गरेको दुर्गा प्रसाईले बताएका छन् । उद्योग वाणिज्य संघ गुलरियाले बैंक तथा वित्तिय संस्थाको ज्यादतीका विरुद्ध बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले यस्तो बताएका हुन् । ‘लघुवित्त र सहकारीको ऋण तिर्न लाखौं नेपाली घर बिहीन बनेका छन्’ प्रसाईले भने,‘किस्ता तिर्ना बिदेशीयका नेपालीहरु बिदेशी जेलमा जीवन बिताउन बाध्य भएका छन् ।’

घरका सबै सदस्य विदेशीदाँ पनि किस्ता तिरेर सकिदैन । के यीनीहरुको हामी दास हो भन्ने प्रश्न गरे । यीनीहरुले हामीलाई गोठाला बनाएका छन् । लघुबित्त र सहकारीको ज्यादतीले मानिसहरु आत्महत्या गर्न बाध्य बनाएको छ । तर, तपाईहरु हिम्मत नहार्नुस् । आत्महत्या नगर्नुस् । २० लाख भन्दा कम ऋण लिएकाको म जसरी पनि ऋण मिनाह गराउँने वातावरण सिर्जना गर्छु ।

२० लाख गरिब जनताले खाएँ भन्ने सरकारले बुझ्नु पर्ने भनाई राखे । ‘धनिको लागि ऋण मिनाह गर्ने भनेको होइन, गरिबको लागि हो’ प्रसाईले भने,‘२० लाख भन्दा बढी ऋण लिएकालाई ४ देखि ६ प्रतिशत व्याज होस्, हामी तिर्छौ ।’ जनताको अभिभावक सरकार भएपछि यति सहनु पर्ने उनले सुनाए । त्यसको लागि आगामी २० गतेदेखी काठमाडौंमा अभियान सुरु गर्ने जनाए । त्यस अभियानमा तपाईहरुले मलाई साथ दिनुपर्ने प्रसाईले आग्रहसमेत गरे ।

लघुबित्त र सहकारीको ज्यादती भोगेका पिडित महिलाले कार्यक्रममा प्रसाईलाई आ–आफ्नो पिडा सुनाएका थिए । लघुबित्तको चपेटामा परेकी र ढाड भाँचिएर अशक्त अवस्थामा रहेकी मधुवनकी लक्ष्मीलाई झापामा रहेको आफ्नो अस्पतालमा निशुल्क उपचार गर्नेसमेत प्रसाईले प्रतिबद्धता जनाए । फागुन १ गते देखी प्रसाईले महाअभियानमा सुरु गरेका छन् । प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय