१४ वर्षदेखि गुलरिया-मुर्तिया नाका सञ्चालन नभएको भन्दै सांसदले उठाए प्रश्न
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन १२ / नेपाली कांग्रेसका सांसद संजय गौतमले १४ वर्षदेखि गुलरिया मुर्तिया नाका सञ्चालन नभएको भन्दै प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘आज १४ वर्ष वितिसक्यो । म पनि यो संसदमा ९ वर्षदेखि छु । बारम्बार हरेकपल्ट कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका संचालन हुन सकेन सभामुख महोदय ।’

नेपाल भारतबीच भएको वाणिज्य सन्धी अनुसार ब्यापार र पारवाहनका लागि २७ अक्टुबर २००९ मा नेपाल र भारतबीच गुलरिया मुर्तिया नाका सञ्चालन गर्ने सहमति भएको थियो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय